प्रधानमन्त्री ओली आज भियतनाम र कम्बोडिया जाँदै ! एका एक किन ?

प्रधानमन्त्री ओली आज भियतनाम र कम्बोडिया जाँदै ! एका एक किन ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि जाँदैछन् । उनी अहिले बिहान ११ बजे त्यसतर्फ जाने भएका हुन् । ३० गतेसम्म भियतनाम र वैशाख ३०–जेठ १ गतेसम्म कम्बोडियामा हुने सो औपचारिक भ्रमणमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यसहितको टोली रहनेछ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भियतनामका आफ्ना समकक्षी फुकसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले नेशनल एसेम्बेलीका अध्यक्षसँग भेट गर्नेछन् । भियतनामी प्रधानमन्त्रीले प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोज पनि आयोजना गर्ने भएका छन् । बाह्रखरिबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *