OMG! नर्सरी स्कूलका १३ जना बालबालिकालाई कारले किच्यो

OMG! नर्सरी स्कूलका १३ जना बालबालिकालाई कारले किच्यो

एजेन्सी ।पश्चिम जापानको शिगा प्रान्तस्थित ओस्टू सिटीमा कारले किचेर कम्तिमा १३ बालबालिका घाइते भएका छन् । जसमध्ये ४ जना बेहोश रहेको प्रहरीले जनाएको छ । जापान टाइम्स डटकमका अनुसार बुधबार बिहानै दुई वटा कार दुर्घटनामा पर्दा नर्सरी स्कूलका २–३ वर्षका बालबालिकाको समूहमाथि एउटा कार दौडेको थियो ।जापानको सरकारी टेलिभिजन एनएचकेले बालबालिकासँग तीन जना सहयोगी पनि रहेको जनाएको छ प्रहरीले दुई जना कार चालक महिलालाई गिरफ्तार गरेको छ भने घाइते बालबालिकालाई अस्पताल लगिएको छ ।

यो पनि पढ्नुहोस्पाल्पाको निस्दी गाउँपालिकामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। मित्याल भीरपानीबाट ज्यामिरेको हुवास जाँदै गर्दा लु १ ज १९४१ नम्बरको जीप भीरबाट खसेको हो ।जिप सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। जिप अनियन्त्रित हुन थालेपछि जिपमा रहेका अन्य जन्तीहरु हाम फालेको प्रहरीले जनाएको छ।

जिपमा सवार बेहुलाबेहुली पनि हाम फालेर बाँचेको प्रहरीले जनाएको छ। थप उद्धार तथा अनुसन्धानको लागि तानसेनबाट प्रहरी टोली घटनास्थल तर्फ गएको छ।मृत्यु हुनेमा निस्दी ७ का ४५ बर्षिय खड्ग बहादुर सोमै सोही स्थानका ५५ बर्षिय देवीलाल खन्गाह, ४५ बर्षिय लाल बहादुर सारु, ५७ बर्षिय सन्त बहादुर सारु र चालक वुद्धिवल सोती रहेको ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक भुपाल सिंह रानाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *