खेलाडी घाइते भएको दु:खत पछि फेरि दक्षिण अफ्रिकालाई लाग्यो झट्का

खेलाडी घाइते भएको दु:खत पछि फेरि दक्षिण अफ्रिकालाई लाग्यो झट्का

क्रिकेट विश्वकप अगाडी घाइते खेलाडीबाट चिन्तामा रहेको दक्षिण अफ्रिकालाई फेरि अर्को झट्का लागेको छ। चोटका कारण फास्ट बलर एनरिक नोर्तेजे विश्वकपबाट बाहिर हुने भएपछि उसलाई झट्का लागेको हो।उनी पछिल्ला ३ महिनामा दोश्रो पटक घाइते बनेका हुन्। यसअघि उनी श्रीलंकाविरूद्धको सिरिजमा घाइते भएका थिए। त्यतिबेला उनको काँधमा चोट लागेको थियो।यसै चोटका कारण उनले आईपिएलमा कोलकाता नाइट राइडर्सका लागि खेल्न सकेनन।

त्यसपछि चोटमुक्त भएका उनलाई विश्वकप खेल्ने अन्तिम १५ खेलाडीको सूचिमा राखिएको थियो तर फेरि उनको हातमा चोट लागेको छ। यदक्षिण अफ्रिका क्रिकेट बोर्डले चोटको पुष्टि गरेको छ। अफ्रिकी टिमका म्यानेजरका अनुसार उनको औलामा चोट लागेको छ। सेतोपाटीमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *