प्लाष्टरको काम गरेको पारिश्रमिक माग्दा उल्टै कुटपिट

प्लाष्टरको काम गरेको पारिश्रमिक माग्दा उल्टै कुटपिट

खोटाङ । प्लाष्टरको काम गरेको पारिश्रमिक माग्दा कामदार माथि कुटपिट भएको छ । हलेसी तुवाचुङ नगरपालिका –७ ऐंसेलुखर्कका सचिन राई ऐंसेलुखर्ककै पेसल राईले निर्घात कुटपिट गरेका हुन् ।हलेसी तुवाचुङ संरक्षण समितिले निर्माण गर्दै गरेको कामको निर्माण समितिको पेशल राई कोषअध्यक्ष समेत रहेको छ । उनले आफ्नै कामदारलाई पारिश्रमिक दिनुका साटो उल्टै कामदार माथी कुटपिट गरेका हुन् ।भाईले हात हालेर गल्ति गरेको भनि महासचिव दिनेश राईले उपचार गर्ने बताए पनि आफु उपचारका लागी हिड्ने बेलासम्म पनि कुनै चासो नदेखाएकोले पिडितले आफै पैसा खोजेर उपचारमा लागेका हुन् । पिडित राईले भने अहिले बुझ्दा दिनेश राईले भाईहरुलाई प्रयोग गरेर आफुमाथि कुटाएको समेत आरोप लगाए ।

समय कहाँ पुगी सक्यो तर पुरानै सोच बोकेको मान्छेहरुको अझै गुण्डागर्दी पाराको अवसरवादी सोचहरु नहटेको समेत बताए ।कुटपिट पछि घाईते भएका राईको बायाँ आखाँमा चोट पुगी बाँया पट्टिको कान समेत राम्ररी सुन्न सकेका छैनन् । उपचारका लागी हलेसी स्वास्थ चौकी जाँदा स्वास्थ्य चौकीले सामान्य उपचार पछि नसक्ने बताए । थप उपचारका लागी पिडितलाई ओखलढुङ्गा हस्पिटलमा लगिएको छ ।तुवाचुङ संरक्षण समितिका महासचिव दिनेश राई नेपाली कांग्रेसका महासमिति सदस्य पनि हुन् । उक्त घटनाको विषयमा बुझ्नका लागी पेशल राईलाई पटक पटक फोन सम्पर्क गर्दा समेत सम्पर्क हुन सकेन ।

पेशल राईका आफ्नै दाई दिनेश राई तुवाचुङ संरक्षण समितिको महासचिव रहेका छन् । उनै पिडकको दाई दिनेशले काममा आफुलाई लगाएको हुँदा प्लाष्टरको काम गरेको पिडित राईले बताए ।उनले टेलिफोनमा कुरा गर्दै गण्डकी टाइम्ससँग भने , मैले आफ्नो घरको समस्या टार्न काम गरेको पैसा बाराम्बार पेशल राईलाई कुरा गर्दा विभिन्न कुरा गरेर टार्दै आएको हो । त्यस दिन पनि मैले राईकै घरमा कुरा गर्दा कुनै चासो नदिएकोले घरतिर जाँदै गर्दा बाटोमा एक्कासी आई पेशल राइले मलाई निर्धात कुटपिट गरेको हो । ज्यान बचाउन भाग्दा समेत म माथी लाल बहादुर राईको घरमा भिमकेशर राईले समेत हात हालेको थियो । पेशल राईले भने आफु माथी पटक पटक हातपात गरेको हो ।gandaki times bata

Leave a Reply

Your email address will not be published. Required fields are marked *