खाल्डोमा पुर्न लाग्दा शिशुले श्वास फेरेपछि देवघाटबाट अस्पताल लगियो, आमा भने अविवाहित

खाल्डोमा पुर्न लाग्दा शिशुले श्वास फेरेपछि देवघाटबाट अस्पताल लगियो, आमा भने अविवाहित

देवघाट भएको निधन भन्दै एक शिशुलाई घाटमा दाहसंस्कार गर्न देवघाट लगियो । दाहसंस्कार गर्न खाल्डोमा राख्दा शिशुले श्वासप्रश्वास गरेको देखेपछि फर्काएर पुनः अस्पताल ल्याइएको छ ।चितवन मेडिकल कलेजमा आइतवार जन्मिएकी शिशुलाई उपचार सम्भव नभएको चिकित्सकले जनाएकाले परिवारले घर लैजान्छु भन्दै अन्त्येष्टिका लागि देवघाट लगेका थिए ।अन्त्येष्टिका लागि तयारी गर्दै गर्दा स्थानीयवासीले जीवितै देखेपछि शिशुलाई अस्पताल फर्काएर प्रहरीलाई खबर गरेका थिए । त्यसको लगत्तै शिशुको हजुरआमालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शिशुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अविवाहित युवती भएकाले उनको नाम र ठेगना गोप्य राखिएको छ ।उक्त शिशुको सोमवार अपरान्ह १२ः३०मा निधन भएको अस्पताल स्रोतले जनायो ।प्रहरीकाअनुसार हेटौंडा घर भएकी एक अविवाहिता युवतीले अस्पतालमा बच्चा जन्माएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *