नेपाल आइडल २ का कृशल र मिनराजको अर्काे नयाँ गीत बरिलै सार्वजनिक- भिडियो

नेपाल आइडल २ का कृशल र मिनराजको अर्काे नयाँ गीत बरिलै सार्वजनिक- भिडियो

काठमाडौं । नेपाल आइडल २ बाट चर्चामा आएका नेपाली सांगीतिक आकाशका होनहार प्रतिभा द्वय कृशल कडेल र मिनराज पौडेलले विहिवार बरिलै बोलको गीत  सार्वजनिक गरेका छन् । विहिवार सांझ सार्वजनिक छ । त्यसमा निकै राम्रो प्रतिकृया पनि आएका छन् ।न्रिपेश उप्रेतीको अफिसियल युट्युव च्यानलवाट गीत सार्वजनिक भएको हो ।

ए वन म्युजिसियनले स्टुडियोमा तयार गरिएको गीतमा विपिन थापाले निर्देशन गरेका छन् । गीतको अभिनयमा कृशल र करिश्मा ढकाललाई देख्न सकिन्छ । अभिनयमा उनीहरुलाई मिनराज पौडेलले दिएका छन् । लोक शैलीको यस युगल गीतलाई नृपेश उप्रेतीले लेखेका हुन्। गीतमा संगीत पन उनैको रहेको छ। लामो समय देखि गीत गजल लेखनमा सक्रिय नृपेशले पहिलो पटक आफैले यस गीतमा संगीत भरेका हुन्। यसमा संगीत संयोजन युवा संगीतकार एबम गायक पुरुषोत्तम सुवेदीको रहेको छ।

यी दुई गायक नेपाल आइडलको दोस्रो सिरिजमा सहभागी भएपछि चर्चित बनेका थिए। मिनराजले पहिलो गोल्डन माइक जितेर चितवनको अडिसनबाट सोझै गाला राउन्ड प्रवेश पाएका थिए भने कृशल आफ्नो लुक्स र परिपक्व गायकीका कारण दर्शक तथा स्रोताहरुको मन जित्न सफल भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *