एक्ली आमाले हुर्काएकाएर पाइलट पढाएकी थिइन् सुजितलाई (भिडियो)

एक्ली आमाले हुर्काएकाएर पाइलट पढाएकी थिइन् सुजितलाई (भिडियो)

दुर्घटनामा परी समिट एयरका कोपाइलट सुजित ढुंगानासहित नेपाल प्रहरीका २ असईको ज्यान गयो।सोलुखुम्बुको लुक्ला विमानस्थलमा जहाज र हेलिकप्टर ठोक्किए।रामेछापको मन्थलीका लागि उड्न लागेको जहाजले रनवे छोडेर आकाशतिर आउन सकेन। बरू चिप्लिएर बाहिर गयो। पार्किङ गर्न लागेको मनाङ एयरको हेलिकप्टरसँग ठोक्कियो।

ढुंगानले फेसबुकमा आफ्नो नाम सुजित लामा ढुंगाना राखेका थिए। उनका बाबुआमाले अन्तरजातीय विवाह गरेका थिए, बाबु ढुंगाना आमा लामा। सुजितले नाममा लामा थर पनि राख्नुको पछि उनकी आमाको पहिचान जोडिएको थियो।सानैमा बुवाले छोडेपछि सुजितलाई उनकी आमा ल्हेमी लामाले हुर्काएकी थिइन्। स्वास्थ्य सेवामा रहेकी उनकी आमा अहिले पनि फाप्लुमै व्यवसाय गरेर बस्छिन्।ओखलढुंगाबाट माध्यामिक शिक्षा लिएका ढुंगानाले पाइलट कोर्स फिलिपिन्सबाट गरेका थिए।

कोर्स गरेपछि उनले सन् २०१७ को फेब्रअरीदेखि समिट एयर (तत्कालिन गोमा एयर)मा जोडिएको समिट एयरका अपरेसन डिपार्टका म्यानेजर सागर आचार्यले जानकारी दिए।३४ वर्षीय सुजितको वर्षमात्र विवाह भएको थियो।etajakhabr bata

Leave a Reply

Your email address will not be published. Required fields are marked *