‘यात्रा’ देशभर हाउसफुल, हलमा देखियो सलिनको लोभलाग्दो क्रेज

‘यात्रा’ देशभर हाउसफुल, हलमा देखियो सलिनको लोभलाग्दो क्रेज

शुक्रबारबाट प्रदर्शनमा आईको फिल्म ‘यात्रा।रिलिजकै आयोजित विशेष शो मार्फत सेलिब्रेटीको मन जित्न सफल भएको फिल्मलाई दर्शकले पनि ‘उत्कृष्ट’ भनेका छन् ।नयाँ वर्षको पहिलो दिन वैशाख १ गते विभिन्न हलमा पुगेका सलिनमान बनियाले दर्शकसँग प्रतिक्रिया लिदै शुभकामना आदानप्रदान गरे। नयाँ वर्षको शुभकामना दिदै दर्शकको प्रतिक्रिया लिन हलमा पुग्दा सलिन दंग थिए ।‘दर्शकको सकारात्मक प्रतिक्रियाले उत्साहित भएको छु’ उनले भने ‘यो न्यु इयरमा दर्शकसंग म छु र म संग दर्शक हुनहुन्छ ।

आइतबार भने चलचित्रको टिमले काठमाण्डौका केही हलमा पुगेर दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरेको छ । आइतबार काठमाण्डौको गोपीकृष्ण मुभिजमा नायक सलिनमान बनियाँ, नायिका मलिका महत्त, कलाकार सलोन बस्नेत लगायतको टिम पुगेको थियो ।

चलचित्र हेर्न हलमा पुगेका दर्शकले सलिनलाई भेट्दा हुटिङ गरे । सलिनले पनि दर्शकलाई गुलाबको फूल दिदै माया दर्शाएका थिए । सम्राट शाक्यको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रलाई दर्शकले मन पराएका छन् । चलचित्र लामो समयसम्म चल्ने आशा निर्माता पोखरेलको छ ।

यो फिल्ममा भ्लगको माध्यमले युवापुस्तामा ल्याउन सक्ने परिवर्तन र गर्न सकिने सकारात्मक कामलाई देखाइएको छ । फिल्ममा सलिनले पाँच पाँच पन्क्षी समुह लिड गरेका छन् । फिल्ममा जयनन्द लामा, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवरलगायतका कलाकारहरुको अभिनय छ । कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता सुशील पोखरेल हुन् । यो फिल्मबाट मलिकाले राम्रो सम्भावना देखाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *