लुक्ला दुर्घटनामा निधन भएकाको शव काठमाडौं ल्याइयो, घाइतेको पनि उपचार हुँदै

लुक्ला दुर्घटनामा निधन भएकाको शव काठमाडौं ल्याइयो, घाइतेको पनि उपचार हुँदै

काठमाडौं, १ वैशाख । लुक्लामा आइतवार विहान दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएका दुई जनाको शव काठमाडौं स्थित शिक्षण अस्पताल ल्याइएको छ । कैलाश एयरको हेलिकोप्टरबाट शव परीक्षणका लागि शिक्षण अस्पताल ल्याइएको हो ।

दुर्घटनामा समिट एयरका को–पाइलट सुनील ढुङ्गाना र नेपाल प्रहरीका असई राम बहादुर खड्काको घटनास्थलमा नै मृत्यु भएको थियो । यस्तै, उपचारका क्रममा अर्का असई रुद्र बहादुर श्रेष्ठको पनि निधन भएको थियो । अन्य तीन घाइतेको ग्रान्डीमा उपचार भइरहेको छ । मनाङ एयरका पाइलट चेत बहादुर गुरुङ, स्टाफ लाक्पा शेर्पा र समिति एयरका पाइलट रवीन्द्र रोकायको उपचार भइरहेको छ ।

समिट एयरको जहाज टेकअफका क्रममा रनवेबाट विमान चिप्लिएर पार्किङ गरी राखिएको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किँदा दुर्घटना भएको थियो । लुक्लाबाट रामेछापको मन्थलीका लागि उडान भर्ने क्रममा दुर्घटना भएको थियो । पिकअप लिन सुरू भएपछि समिटको जहाज कसरी रनवे बाहिर चिप्लियो त्यो खुलिसकेको छैन।

पाइलटले तत्कालै जहाजलाई नियन्त्रणमा राख्न नसक्दा यस्तो घटना हुन पुगेको अनुमान गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मृतक प्रहरीमध्ये ३९ वर्षीय खड्का दोलखा लामिडाँडा–७ का हुन्। उनी २०५७ सालमा प्रहरी जवानबाट सेवा सुरू गरेका थिए। ४२ वर्षीय श्रेष्ठ भोजपुर टक्सार(४ का हुन्। उनी २०५४ सालमा जवानमा भर्ना भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *