नेकपा प्रवासिहरुको सयुक्त अभियान मार्फत आगलागी बाट पिडित भएका परिवारलाई ५२ हजार बराबरको सामग्री सहयोग

नेकपा प्रवासिहरुको सयुक्त अभियान मार्फत आगलागी बाट पिडित भएका परिवारलाई ५२ हजार बराबरको सामग्री सहयोग

अछाम।साँफेबगर नगरपालिका नम्बर ११ देविस्थानको धामीलेकमा आगलागी बाट पिडित भएका परिवारहरुलाई प्रवास बस्ने नेपाली हरुले सहयोग गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएका तीन परिवारको लागि प्रवासमा बस्ने देविस्थानका नेपाल कम्युनिष्ट पार्टी नेकपा समर्थकले नेपाली रु ५२ हजार बराबरको पिडितलाई आवश्यक सामग्री हस्तान्तरण गरेको आर्थिक संकलन समितिका संयोजक पदम बहादुर विष्टले बताउनु भयो ।

उक्त सहयोग सामाग्री एक कार्यक्रमका बिच साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुँवरले आगलागिबाट पिडित परिवारलाई हस्तान्तरण गर्नुभएको छ । रकम हस्तान्तरण कार्यक्रममा वोल्दै नगर प्रमुख कुँवरले प्रवासमा बसेर पिडित परिवारलाई आर्थिक सहयोग गरेकोमा धन्यवाद दिनुभएको छ । प्रवासमा बस्ने नेपालीको समाज सुधारमा सदैव सहयोग रहँदै आएको पनि वताउनुभएको छ । आर्थिक संकलन समितिका संयोजक पदम बहादुर बिष्टले आगालागिबाट पिडित परिवारको आर्थिक अवस्था कमजोर भएका कारण थोरै भएपनि राहत पुगोस भनेर आर्थिक सहयोग गरेको बताउनुभयो ।

उक्त कार्यक्रममा साँफेबगर नगरपालिका वडा नं.११ देविस्थानका वडा अध्यक्ष गणेश बहादुर खड्का, कार्यपालिका सदस्य जयन्ति वोगटी, प्रवासी नेपाली संघका नेता आकाश कुँवर, साँफेबगर शिक्षा शाखाका झंकर खनाल, नेकपाका नगर कमिटी सदस्य कुलबहादुर विष्ट, नेकपाका वडा कमिटी अध्यक्ष रामबहादुर वोहरा, वडा कमिटी सचिव कमल वड, शिक्षक धन बहादुर खाती , प्रेम बिष्ट ,नेपाली काँग्रेसका वडा सभापति वीरबहादुर खड्का, समाजसेवि रामचन्द्र खड्का लगायतको सहभागिता रहेको थियो ब।समाजसेवि नवल सिंह धामीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रेबन्त विस्टले गर्नुभएको आर्थिक संकलन समितिका सचिव मोति बोहोराले जानकारी दिनुभयो ।

नेकपा समर्थक ४७ जनाले ६४ हजार ५ सय ६९ रुपैया संकलन गरेका थिए । वाँकी १२ हजार ५ सय ६९ रुपैया मुम्वईको गुजरात वापीका मृत्य भेटिएका धू्रर्व बिष्टका परिवारलाई सहयोग गरिएको आर्थिक समितिका सल्लाकार दिनेश खड्का खप्तडिले जानकारी दिनुभयो । उहाँले आगामि दिनमा पनि देविस्थानको सामाजिक कार्यमा मिलेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

धामीलेकमा आगलागिबाट पिडित परिवारलाई आर्थिक संकलनको लागि १२ सदस्सीय आर्थिक समिति र ४ सदस्य सल्लाहकार समिति गठन गरिएको थियो ।

सहयोगी मनहरुको नाम तथा रकम

१)दिनेश खड्का खप्तडि रु ५०००/-

२)पुरन बिष्ट, रु १६००/-

३) गोकुल बिष्ट रु १६००/-

४)रोहीत बिष्ट रु १६००/-

५)रमेश बिष्ट रु १६००/-

६)गंग खड्का(गणेश) रु.२४००/-

७)नवीन जंग कार्की रु.१०००/-

८)संकर खड्का रु.८००/-

९)प्रदीप बिस्ट रु.१६००/-

१०) पुरन बुढा रु.८००/-

११)भुपेन्द्र भूल रु.८००/-

१२)ध्वज खड्का रु.१६००/-

१३)डम्बर खड्का रु.८००/-

१४)खड्क खड्का रु.८००/-

१५)हंस बिस्ट रु.१६००/-

१६)नाथ दाश रु.८०१/-

१७)राज बोगटी रु.१०००/-

१८ध्वज खाती रु.१६००/-

१९)दिपक कडायत रु.८००/-

२०)मदन बिस्ट मनोज रु.३२००/-

२१)केशव बिष्ट रु.८००/-

२२) बिनोद बिस्ट रु.८८०/-

२३)डम्बर बिस्ट पुना रु.१६००/-

२४)हिमाल बुढा (DM)रु.१६००/-

२५)प्रेम खड्का रु.८००/-

२६)मोती बोहरा रु.१६००/-

२७)पदम बिस्ट रु.१६००/-

२८)दिपक बोहरा रु.५२८०/-

२९)दिनेश वड रु.१६००/-

३०) सुरत जैगडी रु.१६००/-

३१)प्रेम सीङ रु.८०१/-

३२)मोती मज्दकोटी रु.३२१/-

३३)तिलक बोहरा रु.१६००/-

३४)जनक बोहरा रु.८००/-

३५)बिक्रम परियार रु.१०००/-

३६)जय बोहरा रु.८००/-

३७)हस्त बोहरा .रु.५००/-

३८)मीन बोहरा .रु.३०४/-

३९)अमर बोहरा रु.८००/-

४०)दिनेश नाग्री रु.८००/-

४१) उज्जल जैगडी रु.१६००/-

४२)नरेश बि क रु.८००/-

४३) खड्क बोहरा रु.४८०/-

४४)खेमराज बोहरा रु.१६००/-

४५) गोपाल खड्का रु.१६००/-

४६) गोबिन्द खड्का रु.१६००/-

४७)अमित खड्का रु. ८००/-

नेपाली रु.६४५६९ संकलन भएको थियो ।

माघ ३ गतेमा लागेको आगलागिका कारण धामीलेका स्थानीय नवल सिंह धामी, दिपक धामी, टंक धामीको घरमा क्षेति पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *