काठमाडौं। गायक तथा सर्जक डम्बर विश्वकर्मा र शिव हमालको शब्दमा ‘तोरी बारी गैरी खेतैको’ बोलकोे गित सार्वजनिक भएको छ । कमल मिडियाको आधिकारिक युट्युव च्यानल मार्फत बजारमा आएको हो ।
सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका महासचिव समेत रहेका सर्जक डम्बर विश्वकर्मा’का एक पछि अर्को गित हरु बजारमा आउने क्रम बढिरहेको छ ।
सुदूरपश्चिम प्रदेश बाजुरामा जन्मिएका विश्वकर्मा बैदशिक रोजगारको सिलसिलामा मलेसियामा रहेका छन ।
नेपालमा हुदा साङगितिक क्षेत्रमा जोडिए पनि आर्थिक रुपमा सक्षम नभएको कारण उनि सँग रहेका शब्द हरुले त्यति धेरै प्रथामिकता पाएका थिएनन् तर घर परिवारलाई खुशी र समृद्धि हासिल गर्न जब रोजगारको सिलसिलामा विदेश गएको केहि समय लगत्तै साङगीतिक यात्रालाई निरन्तरता दिदैं पछिल्लो समयमा यता सफलता प्राप्त गर्दै आएका छन्। हाल सम्म करिब एक दर्जन भन्दा धेरै गित हरुमा शब्द मिसाएका छन भने भाग्य लेख्ने भावि,गाउँ रमाइलो भा’छ लगायत अन्य गित हरुमा स्वर दिइसकेका छन्।
डम्बर विश्वकर्माको थेगोमा भर्खरै छम-छमी नाचु नाचु लाग्ने निकै मिठो शब्द,संगितमा सजिएको ‘तोरी बारी गैरी खेतैको’ गित सार्बजनिक भएको छ ।
गायिका एलिना चौहान र तिर्थ पख्रीनको मिठो स्वर रहेकाे उक्त गितमा कमल सुनुवारको लय रहेको छ।
उक्त गितको एरेन्ज खडक बाजुरेलीले मिक्सिङ गरेका हुन भने
चर्चित मोडल करिश्मा ढका, विजय पुन, कमल सुनुवार र विना विश्वकर्माको दम्दार अभिनय देख्न सकिने छ ।
हेर्नुहोस भिडियो सहित