कृष्ण भिरले पुरा गर्दै ६२ वर्षिय बुवाको गित रेकर्डिङ गर्ने ईच्छा

कृष्ण भिरले पुरा गर्दै ६२ वर्षिय बुवाको गित रेकर्डिङ गर्ने ईच्छा

काठमाडौं ।आफ्ना ६२ वर्षिय बुवाको ईच्छा छोरा कृष्ण भिरले पुरा गरेका छन ।

२०१५ सालमा इलामको अम्चोकमा जन्मिएर ६/७ बर्षको कलिलो उमेरमा आफ्ना बाबुआमा गुमाएर साहाराको रूपमा पाचथरको आरुबोटेमा आफ्नै दिदिको घरमा घास दाउरा मेला पात लहरा पहरामा खेल्दै सुसेलि मार्दै हुर्किनु भएर बैहाहिक बन्धन पछि झापाको जलथल,धरम्पुर,क्याम्पा हुदै हाल मोरङ्गको मिक्लाजुङ्ग गाँउपालीका सुकुम्बासी टोल कैजले स्थाइ बसोबास गर्दै आउनु भएका ६२ बर्षिय हरि लाल लामिछानेले पहिलो गीत रेकर्डिङ गरेका छन्।

बाल्यकाल देखिनै औधी रहुसे मान्छे गाउँ घरमा हुने मेलापात ,पुजा, बिवाहा हाट बजार लगायतमा रमाइलो गर्नु पर्दा उहाँकै नाम पहिलो स्थानमा आउने गर्थ्यो। बिभिन्न स्कुलका कार्यक्रम हरुमा नाटक प्रस्तुत गर्न गीत कला प्रदर्शन गर्न पर्यो भने शिक्षकहरुले लिने गर्थिए ।

६२ बर्षको उमेरमा आफ्नै छोरा कृष्ण लामिछाने(कृष्ण भिर )ले आफ्नो बुवाको प्रतिभाको मुल्यांकन गर्दै गीत रेकर्डिङ गराउछु भन्ने प्रस्ताव आफ्ना पितालाइ राखेपछि आफु बुढो भएको अब तिमिहरुको उमेर छ तिमिहरुले चाहि गर्नु पर्छ मलाई नगर्दा भन्दा भन्दै आफ्ना पिताको प्रतिभालाई हुर्काउने दृढ़ संकल्प गरि छोराले ईच्छा पुरा गरिदिएका हुन्।

वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा पुगेका कृष्णले त्यहाँ बस्दा पनि बिभिन्न कार्यक्रम संचालन गर्दै आएका थिए फुर्सदको समयमा साहित्य,संगीत पत्रकारीता,र खेलकुदमा पनि निक्कै रुचि राखेको पाइन्छ। हालै उनै कृष्ण भिरको शब्द संगीतमा आफ्ना बुवालाइ गीत रेकर्डिङ गराइ भिडियो छायांकन पनि सकिएको छ।

उक्त गीतमा शब्द संगीत आफ्नै छोरा कृष्ण भिरले गरेका छन भने संगीत संयोजन मनोज साङ्सोन राईले गरेका छन।

गीतको म्युजिक भिडियो काठमाडौका बिभिन्न स्थानमा छायांकन गरिएको छ ।चर्चित कलाकार लक्षुमण बस्नेत,नम्रता खरेल ,गोकर्ण आचार्य,कृष्ण भिर,जय लामा,नेत्रलामिछाने,मदन लामिछाने,मिना तामाङ्ग लगायतको अभिनय रहेको छ ।

म्युजिक भिडियोको छायांकन रुपमा राजु श्रेष्ठ र मनोहर भण्डारीले गरेका छन भने निर्देशन जयकृष्णको जोडीले गरेका हुन्। यस्तो सम्पादन बिशाल राईले गरेका छन । उक्त म्युजिक भिडियो चाडै बजारमा ल्याउने कृष्ण भिरले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *