अछाममा केपी समूहका जिल्ला कमिटी सदस्य धमाधम नाम फिर्ता लिदै

अछाममा केपी समूहका जिल्ला कमिटी सदस्य धमाधम नाम फिर्ता लिदै

पौष २८अछाम।प्रधानमन्त्री केपी शर्मा ओलीको समूहमा अछाममा जिल्ला कमिटी सदस्य बनाएकाहरुले नाम फिर्ता लिन थालेका छन् । सहमति विपरित जिल्ला कमिटी सदस्य बनाएको भन्दै धमाधम नाम फिर्ता लिन थालेका छन् । केपी समूहले जिल्ला कमिटी सदस्य बनाएका साँफेबगर नगरपालिका वडा नं.१० घुघुरकोटका तत्कालिन एमालेका वडा कमिटी अध्यक्ष शिव बहादुर खड्काले नाम र्फिता लिनुभएको छ । उहाँले केपी समूहमा नभई पार्टी एकता पक्षमा रहेको प्रष्ट पार्नुभएको छ ।

यस्तै तुर्माखाँद गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष शुभराज जैशीले पनि नाम फिर्ता लिनुभएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई साथ दिन नसक्ने विज्ञप्ति मार्फत आग्रह गर्नुभएको छ । आफू माधव प्रचण्ड समूहले नेतृत्व गरेको मूल पार्टीमा रहेको भन्दै कसैलाई भ्रममा नपर्न उहाँले आग्रह गर्नुभएको छ ।

यस्तै नेपाल कम्युनिष्ट पार्टीका पुराना कार्यकर्ता साँफेबगर नगरपालिका वडा नम्बर १ वैजनताथका पूर्णादेवि शाहले आफू अछाममा जिल्लामा नेतृत्व गर्नुभएका पार्टी अध्यक्ष शेरबहादुर कँवरसँगै रहेको जानकारी दिनुभयो । कसैलाई भ्रममा नपर्न उहाँले आग्रह गर्नुभयो । यस्तै मेल्लेख गाउँपालिका वडा नम्बर ६ नन्देगडाका गंगाराम खत्रीले पनि आफू केपी शर्मा ओलीले नेतृत्व गरेको समूहमा नरहेको बताएका छन् । केपी शर्मा समूहको अछामको जिल्ला कमिटी सदस्य पद अस्विकार गरेको बताउनुभयो ।

उता पन्चदेवल विनायक नगरपालिका वडा नम्बर ५ लयाँटीका राम बहादुर शाही र वडा नम्बर ९ काँलेकाँडाका तुला साउदले मुल पार्टी प्रचण्ड माधव नेपालले नेतृत्व गरेको पार्टीमा रहेको बताउँदै कस्ले कस्को जिल्ला कमिटी सदस्य बनाएको आफूहरुलाई केही थाहा नभएको बताउनुभयाे । पार्टी विभाजन गर्ने पक्षम नलागी पार्टी सदृढ गर्ने अभियानमा रहेको विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

यस्तै मंगलसैन नगरपालिका वडा नम्बर ५ योगेन्द्र ढुंगानाले पनि केपि ओलीको जिल्ला कमिटी सदस्य नभई ओलिको असंवैधानिक कदमका विरुद्ध आन्दोलना रहेको प्रष्ट पार्नुभयो । उहाँले ओली समूहले आफूलाई जिल्ला कमिटी सदस्य घोषणा गर्ने वेला आफु प्रचण्ड माधवको भेलामा जिल्लामा रहेको जानकारी दिनुभयो । ओली समूहका जिल्ला अध्यक्ष चन्द्र वोहराले सपथ ग्रहणको लागि वोलाएपनि नगएको जानकारी दिनुभएको छ । ओली समूहको जिल्ला कमिटीको सदस्यमा घोषणा गरेकोमा उनिहरु सवैले आपत्ति प्रकट गरेका छन ।

ओलीको असंवैधानिक कदमलाई जनताले साथ नदिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीलाई जनताले करिब दुई तिहाई नजिकको सरकारको लागि वहुमत दिएपनि प्रधानमन्त्रीको असंवैधानिक कदमको कारण अहिलेको समस्या सृजना भएको बताउनुभयाे । प्रधानमन्त्रीले सबिधान बिपरित गरिएको संसद विघटनका विरुद्ध सडक संघर्षलाई साथ दिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *