काठमाडौं ।गैरआवासीय नेपाली संघको मानव कल्याणकारी योजना अन्तर्गत दोश्रो मोबाइल ब्लड बैंक परियोजनाका लागि नयाँबर्ष २०२१को प्रारम्भ सङ्गै आर्थिक संकलन अभियान शुरुवात गरेको छ ।
सुबिधा सम्पन्न उपकरण सहितको यो बसबाट लामो दूरीका रक्त संकलन स्थलमा गएर बसभित्रै रक्तदान गर्ने, संचय गर्ने र सुरक्षित रुपमा ब्लड बैंकसम्म ल्याउन सक्ने सुबिधा रहेको छ।
उक्त बसका लागि आर्थिक संकलन अभियान नयाँबर्ष २०२१ को प्रारम्भमा शुभकामना सहित शुरु गरिएको छ ।
यो अभियान विश्वका विभिन्न देशका एनआरएनए राष्ट्रिय समितिहरु, सुदूरपश्चिमेली नेपाली समाजहरु,एनआरएनए अभियन्ताहरु, प्रवासमा रहेका सुदुरपश्चिमेली नेपालीहरु, नेपाल र प्रवासमा रहेका सामाजिक सस्थाहरु, समाजसेवीहरु तथा ह्युमानिटी फाउन्डेसन धनगढी, टिकापुर सरोकार समूह, धनगढी उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटी कैलालीको समेत सहभागिता रहनेछ ।
चार महिनाभित्र यो बस सुदुरपश्चिम प्रदेशभर सेवा पुर्याउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी कैलालीलाई हस्तान्तरण गर्ने लक्ष्य लिइएको छ ।
मोबाइल बसका लागि हालसम्म टिकापुरबाट डा. खकिन्द्र भण्डारीले १० हजार, अमेरिकाबाट रत्तदाता अर्जुन प्रसाद मैनालीले २५ हजार, ह्युमानिटी फाउन्डेशन धनगढीबाट १ लाख ११ हजार १११ रुपैयाँ, अमेरिकाबाट गौरी जोशीबाट १ लाख, अफ्रिकाबाट रोशन थापाले १ लाख, एनआरएनए बिटिएस समितीबाट १ लाख, अमेरिकाको न्युर्योकबाट जंङ्ग बमबाट ५० हजार, टिकापुर हाल अमेरिकाबाटै हेम बहादुर ठकुल्लाले ११ हजार १११ गरी हालसम्म ५ लाख ७ हजार २२२ रुपैयाँ प्रतिबद्धता आएको बताइएको छ ।
यसअघि यस्तै बस एनआरएनएले चितवन रेडक्रसलाई उपलब्ध गराई सकेको छ ।