रामदेव र अन्नुको स्वर रहेको “हमर निंदिया चुराके लेगेले” गीत सार्वजनिक(हेर्नुहोस भिडियो सहित)

रामदेव र अन्नुको स्वर रहेको “हमर निंदिया चुराके लेगेले” गीत सार्वजनिक(हेर्नुहोस भिडियो सहित)

बारा।”गढीमाईके मेलासँगै’बारा हिले पर्सा हिले” बोलको थारु गीत गाएर थारु सांगीतिक दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बारा जिल्लाको पहिलो तथा चर्चित थारु गायक रामदेव चौधरीको फेरी एउटा अर्को थारु गीत “हमर निँदिया चुराके लेगेले”को म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ।

गायक रामदेव चौधरीकै शब्द/संगीत र स्वर रहेको गीतमा पछिल्लो समय सांगीतिक क्षेत्रमा नेपाली तथा थारु भाषाको गीत गाएर बहुचर्चित बनेकी कैलाली जिल्लाकी गायिका अन्नु चौधरीको समेत स्वर रहेको छ।

सावनको निर्देशनमा बनेको भिडियोमा बारा जिल्लाकै चर्चित थारु मोडेल राजिव चौधरी र नवलपरासी बर्दघाटकी रेडियो दौतरी १०५.८ मेगाहर्जमा कार्यरत संचारकर्मी तथा कार्यक्रम संचालिका रचना चौधरीको अभिनय गरेको छ।

मोडलद्धय राजिव यो भन्दा पहिला पनि गायक रामदेवले नै स्वर दिइएका दुईवटा गीतहरुको म्युजिक भिडियोमा आफ्नो अभिनय दर्शक क्ष्रोतामाझ पस्केर चर्चा बटुलीसकेको छ । तर यस् म्युजिक भिडियोमा राजिवसंगै देखिएकी रचना भने थारु म्युजिक भिडियोको क्षेत्रमा एकदमै नयाँ,नव प्रवेशी मोडल,कलाकार हुन।

म्युजिक भिडियोको छायांकन र सम्पादन बिकाश गुरुङले गरेका हुन भने, म्युजिक भिडियोलाई प्रदीप चौधरीले निर्माण गरेका हुन्। भिडियो “BS Maker Studio” नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *