गायक अमिर लोप्चनको आयो ‘च्योक लाई म्हान्जि’ गीत (हेर्नुहोस भिडियो सहित)

गायक अमिर लोप्चनको आयो 'च्योक लाई म्हान्जि' गीत (हेर्नुहोस भिडियो सहित)

मलेसिया-गायक अमिर लोप्चनले आफ्नै आवाजमा पहिलो पटक “च्योक लाई म्हान्जि” बोलको तामाङ सेलो गित बजारमा ल्याएका छन ।

रोजगारको सिलसिलामा लामो समय देखि प्रवासमा रहेका अमिर नेपाली गित संगितको क्षेत्रलाई निरन्तरता दिइरहेका छन् ।भर्खरै सार्बजनिक भएको यो गित ठट्यौलि माया प्रेममा आधारित रहेको छ।

अमिर लोप्चन सामाजिक कार्यमा पनि सक्रिय रहेका छन् उनि कलाकार संघ मलेसिया,नेपाल तामाङ कलाकार संघ मलेसिया,नेपाल तामाङ घेदुङ मलेसिया लगायत संघ संस्थामा आबद्ध रहेर सामाजिक कार्यमा पनि ब्यस्त छन् ।

सबैको मनमा बस्न सफल मध्य का कलाकार अमिर पनि हुन।लोक तथा दोहोरी गित मुल बाटो भए पनि समग्रमा यो पहिलो तामाङ गित रहेको उनले भने ।

मलेसियामा रहि स्वदेशबाट आमन्त्रित चर्चित कलाकार संगै स्टेज धेरै कार्यक्रमहरु पनि गरिसकेका छन भने उनलाई नचिन्ने कमै होलान।

जिबि तामाङ/चन्द्र दोङको शब्दमा रहेको “च्योक लाई म्हान्जि” गितमा गायक तथा संगीतकार च्वाईस दोङको संगित, गायक तथा संगीतकार सानुबाबु घिसिङको एरेन्ज, दिपेश प्रधानको मिक्सिङमा अमिर लोप्चन र चर्चित गायिका शिर्जना स्याङतानको स्वर रहेको छ । गीतलाई तामाङ सुपर स्टार डम्फु मिडियाको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *