गायक सरोज हुसेनको ‘मनले खोज्छ’ गीत बजारमा (हेर्नुहोस भिडियो सहित)

गायक सरोज हुसेनको 'मनले खोज्छ' गीत बजारमा (हेर्नुहोस भिडियो सहित)

कृष्ण गुप्ता
काठमाडौँ । गायक तथा संगीतकार सरोज हुसेनको मनले खोज्छ बोलको गीत सार्वजनिक भएको छ। निराजन चौधरिको शब्द रहेको उक्त गीतको म्युजिक भिडियो बुढासुब्बा डिजिटलले युट्युबमार्फत सार्वजनिक गरेको हो ।

उक्त गीतको भिडियोमा अस्मिता बुढाथोकि र राधा मोहन जैसवालको अभिनय रहेको छ ।

३ वटा गीतको अभिनय मार्फत चर्चामा आएकी अस्मीता बूढाथोकी र यसअघि एउटै गीतमा अभिनय गरि चर्चा कमाउन सफल राधा मोहन जैसवालको अभिनयले गीतको भावलाई थप उजागर गरेको छ ।

अन्जन श्रेष्ठको एरेन्जमेन्ट रहेको उक्त गीतमा श्रेष्ठकै मिक्सिङ रहेको छ भने भिडियोलाई सियोन श्रेष्ठको निर्देशन गरेका हुन् उक्त गीतमा प्रकास खड्काको छँयांकन रहेको छ ।

गीतको प्रोडक्सन एस आर ग्रुप नेपालले गरेको छ भने गीतको दृश्य सम्पादन साथै पोस्ट प्रोडक्सन र सहायक निर्देशन केपी देवकोटाले गरेका छन् ।

चलचित्र भावमा तयार भएको ‘मनले खोज्छ’ बोलको गीतमा मित्रताको सम्बन्धलाई सामाजिक सन्देश दिन खोजेको संगीत पारखी गायक सरोज हुसेनले बताएका छन् ।

संगीत पारखी हुसेनले आगामी दिनमा थप नयाँ नयाँ रचना बजारमा ल्याउने समेत बताएका छन् ।

भिडियो हेर्नुहोसः

Leave a Reply

Your email address will not be published. Required fields are marked *