कैलाली। डोटी आर्दश गाउँपालिका र सायल गाउँपालिका अन्तर्गत विभिन्न वडाहरुमा सुदूरपश्चिमेली नेपाली समाजको सयुक्त अभियान मार्फत अति विपन्न ७३घर परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।
सुदूरपश्चिमेली नेपाली समाज हरु को साझा अभियान अन्तर्गत विश्व भरिमा रहेका सुदूरपश्चिमेली नेपाली समाजहरुको संयुक्त पहल मा,विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली,नेपाली हरुलाई आईपर्ने समस्याहरु को समाधान का लागि,नेपालमा प्राकृतिक दैविय प्रकोप बाट प्रभावित क्षेत्र, स्वास्थ्य, शिक्षा लगायत विभिन्न परोपकारी कार्य को लागी स्थापना गरिएको सुदूरपश्चिमेली आपतकालीन राहतकोष मार्फत सुदूरपश्चिमेली नेपाली समाजहरु द्वारा सुदूरपश्चिमको नौ वटै जिल्लामा राहत वितरण कार्यक्रम अन्तर्गत डोटी जिल्लामा विभिन्न समस्याबाट पीडितहरुमध्ये आदर्श गाउँपालिका वडा नं. १,२,३ र ५ का ३० जना तथा सायल गाउँपालिका वडा नं. ३, ४, ५ र ६ का ४३ गरि जम्मा ७३ अति विपन्न परिवार हरुको वर्तमान परिस्थिति लाई मध्यनजर गर्दै पीडित परिवारहरुलाई अति आवश्यक खाद्यान्न सामाग्रीहरु उपलब्ध गराई केहि हद सम्म मल्हम लगाउने उद्देश्यले उक्त राहत बितरण गरिएको केन्द्रिय अध्यक्ष धनबहादुर बलायरले बताए। डोटी आदर्श गाउँपालिका उपाध्यक्ष कमला ओझा,वडा नं. २ का वडा अध्यक्ष राम बहादुर बोहरा, समाजसेवी तेज डुम्रेल,भुमी खड्का लगायतको रोहबरमा पिडितहरुलाई राहत वितरण गरिएको छ ।
यस्तै सायल गाउँपालिका उपाध्यक्ष विष्ना देवी सिंह र वडा नं. ४ अध्यक्ष टेक बहादुर सिंह, वडा नं. ५ का अध्यक्ष गणेश बहादुर बोगटी लगायतको रोहबरमा पिडितहरुलाई राहत वितरण गरिएको केन्द्रिय महासचिव दिलेन्द्रप्रसाद जोशीले बताए ।
सुदूरपश्चिमेली नेपाली समाज कतारका संस्थापक सल्लाहकार भिम बहादुर बलायरको नेतृत्वमा,सुदूरपश्चिमेली नेपाली समाज भारतका अध्यक्ष दिपक प्रकाश मल्ल, सुदूरपश्चिम समाज भारत का केन्द्रीय सदस्य ईन्द्र साउंद, भारत राजस्थान राज्य समिति सल्लाहकार डम्बर खड्का, भारत राजस्थान राज्य समिति सदस्य श्याम खड्का लगायतको सहभागिता रहेको थियो।
यस परोपकारी कार्य मा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सम्पूर्ण राष्ट्रिय समाज, कार्यकारी समिति पदाधिकारी ज्यु तथा सम्पूर्ण सहयोगी हात हरुलाई सुदूरपश्चिमेली नेपाली समाजले हार्दिक धन्यवाद ज्ञापन समेत गरेको केन्द्रिय प्रचार प्रसार प्रमुख एव द-एसिया संयोजक दिनेश खड्का(खप्तडि)ले बताउनु भयो छ ।