के यो देश तपाईंहरु दुई जनाको मात्र हो र ? -खड्का

के यो देश तपाईंहरु दुई जनाको मात्र हो र ? -खड्का

फुटेर देश बन्दैन प्रधानमन्त्री ज्यु अनि अध्यक्ष कम्रेड प्रचण्ड ज्यु !के फुट्नका लागि पार्टी एकीकरण गरेको हो?के जनताले तपाई हरुलाइ देश बराबाद पार्नका लागि बहुमतको सरकार दिएको हो?

के यो देश तपाईं हरु दुइजनाको मात्र हो?प्रचण्ड ज्यु तपाईंको १० बर्से जनयुद्ध के का लागि?जनताले गणतन्त्र पाएको देश खुकुलो र भ्रष्टाचार मौलाउनको लागि हो ?

देशमा भ्रष्टाचार मौलाएको छ,दिनानुदिन बलात्कार भैरहेका छन,४ बर्षका कलिला नानिहरु बल्तकृत भएकी छिन,दिनहु दिन देश भक्तयुवाहरु बिदेशिएका छन।,देशमा रोजगारी छैन ,किसान हरुले मेहनत गरेर फलाएको अन्नबालिलाइ संबंधित ठाउमा पुर्यान खासै कुनै बाताबरण छैन,जनताका दुख पीडा जिउका तिउ नै छन। तपाईंहरु लाई देशको चिन्ता नभै कुर्सिको ठूलो चिन्ता छ।

अब तपाईं हरुको घर बस्ने बेला भयो यो लामो राजनीति यात्रामा देशलाइ तपाईं हरुले दिएको योगदान नहोला म भन्दिन तर यो समय भनेको देशलाइ बचाउने र आत्मनिर्भर देश बनाउने बेला हो तेसैले देशको ह्यान्डिल देशभक्त नेता लाई सुम्पिनु होस। हामी तपाईं लाई स्व संमान बिदाइ गर्ने छौ।हैन भने पार्टी टुक्र्याउने तिर हैन देश लाई कसरी बिकास ,निकास तिर लैजाने सकिन्छ तेता तिर बढी ध्यान जावस ।प्रधानमन्त्री ज्यु तपाईं लाई तेत्रो बिश्वास गरेर झन्डै दुइ तिहाई दिएको के का लागि ?? अब बन्द गर्नुहोस तपाईं हरुको कुर्सिको र भागबन्डा को लडाइ! हामिले तपाईं माथी धेरै बिश्वास गरेका थियौ अब भने तपाईं माथिको बिश्वास हराउदै गएको छ।

यति बेला जनता आफ्नो साझ र बिहानको छाक कसरी टार्ने भन्ने चिन्ता छ तपाईं हरु भने पार्टी भित्र गुट उपगुट गरेर पार्टी टुक्याउदै हुनुहुन्छ !बेरोजगार युवा हरु कोरोनाको डर नभै भोक ले मरिन्छकी भनेर बिदेश तिर जादैछन उहाहरुको चिन्ता छैन तपाईं हरु लाई ? बस अब अति भयो तपाईंहरुको कुर्सिको लडाइ बन्द गर्नुहोस।
लेखक प्रेम खड्का

Leave a Reply

Your email address will not be published. Required fields are marked *