डोटी। सुदूरपश्चिमेली नेपाली समाज हरुको सयुक्त अभियान मार्फत डोटी,सायल गाउँपालिका र आदर्श गाँउपालिका मा रहेका अति विपन्न परिवारहरुलाई खाद्यान्न सामग्री वितरण गर्ने भएको छ ।
विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली,नेपाली हरुलाई आईपर्ने समस्याहरु को समाधान साथै नेपालमा प्राकृतिक दैविय प्रकोप बाट प्रभावित क्षेत्र,स्वास्थ्य,शिक्षा र खेलकुद लगायत विभिन्न परोपकारी कार्य का लागि स्थापना गरिएको सुदूरपश्चिमेली आपतकालीन राहतकोष मार्फत यो कार्यक्रम गर्न लागि रहेको समाजका नेपाल संयोजक चेतन थापाले बताए ।
आदर्श गाउँपालिका’का ३० घर परिवार र सायल गाउँपालिका’का ४१ घर परिवारलाई वर्तमान परिस्थिति लाई मध्यनजर गर्दै पिडित परिवार हरुमा केहि हद सम्म मल्हम लगाउने उदेश्यले अति आवश्यक खाद्यान्न सामाग्री स्थानिय जनप्रतिनिधि तथा स्थानिय बासिहरुको रोहबरमा बितरण गर्ने कार्यक्रम रहेको समाजका केन्द्रिय द एसिया संयोजक एवं प्रचार प्रसार प्रमुख दिनेश खड्का’खप्तडीले जानकारी दिनुभयो ।
राहत वितरण कार्यक्रम २०७७ मंसिर १२ गते शुक्रवार आदर्श गाँउपालिका मा विहान १० बजे रहेको छ ।
यस्तै सायल गाउँपालिकामा पनि दिउँसो २ बजे वितरण कार्यक्रमको समय तय गरेको समाजका नेपाल समन्वय समिति सदस्य भिम बहादुर बलायरले बताए ।
सुदूरपश्चिमेली नेपाली समाज हरुको सयुक्त पहलमा स्थापना गरिएको सुदूरपश्चिमेली आपतकालीन राहत कोषमार्फत दार्चुला,बझाङ,अछाम,कैलाली, कंचनपुर र बाजुरा’मा यसै अघि राहत वितरण कार्यक्रम सम्पन्न भैसकेको छ ।