नारायण कंडेलको शब्द सर्जक’मा आयो निकै मन छुने गित बजारमा (भिडियो)

नारायण कंडेलको शब्द सर्जक'मा आयो निकै मन छुने गित बजारमा (भिडियो)

काठमाडौं। लामो समयदेखि प्रवासमा रहेर पनि नेपाली गीत संगीतमा जीवन्त सृजना पस्किने मध्यका एक सर्जक हुन् नारायण कंडेल । आफ्ना हरेक सृजनामा फरक-फरक पन दिन रुचाउने सर्जक कंडेल सामाजिक, राजनीतिक एवम् प्रेममा आधारित विषयहरुमा कलम चलाउदै आएका नारायण कंडेलको शब्द सर्जक’मा ‘आफ्नोपन’एल्बम नामक गित बजारमा सार्वजनिक भएको छ ।

लोकप्रिय गायक युवराज आचार्य र पछिल्लो समयकी उदाउँदो गायिका सुनिता बुढाको सुमधुर आवाज रहेको छ।

गीतमा अर्का लोकप्रिय सर्जक शिव सुवेदीको संगीत रहेको छ। गीतमा सर्जक कँडेलकै शब्द रहेको छ। संख्यात्मक भन्दापनि गुणात्मक सृजनामा विशेष प्राथमिकता दिने सर्जक कंडेलले यस गीतमा पनि फरकपन दिएका छन् ।

प्रेमिल प्रेम सम्बन्धमा रहेको एक प्रेम जोडीको, प्रेम वियोगपछिको कारुणिक कहानीलाई उत्कृष्ट शैलीमा सर्जक कंडेलले गीतमा उतारेका छन् । गीतमा समावेश शब्दहरु मर्मस्पर्शी छन्। गीतको संगीत पनि त्यतिकै मन छुने छ। युवराज र सुनिताको स्वरमा त झन गीतमा उत्कृष्ट छ बनेको छ ।

एउटा प्रेमिल सम्बन्धमा रहेका प्रेमीप्रेमिका अर्थात् युवायुवती, जो परिस्थितिले एक हुन सक्दैनन् । परिस्थितिकै कारण युवती मानव बेचबिखन दलालको फन्दा पर्छिन। यता,प्रेम वियोगको पीडा भुल्न युवक पनि परदेश जान्छन् । तर त्यही परिस्थितिकै कारण युवक पनि आफ्नो अपांग शरीर लिएर घर फर्कन्छन। अन्ततः केही समयपछि एक सामाजिक संस्थाको उद्धारपछि घर फर्किन्छिन पनि। तर समाजको तिरस्कार अनि विभेदले दिनदिनै पिडैपिडामा जीवन गुजारिरहेकी उनलाई साथ दिने कोही नहुँदा, ती युवतीकै पुर्व प्रेमीले जीवन्त माया दिन्छन्,साथ दिन्छन् । यही कहाँनीलाई भिडियोमा बडो उत्कृष्ट शैलीमा देखाइएको छ।

म्युजिक भिडियोको निर्देशक विनोद भण्डारीको निर्देशकमा तयार भएको म्युजिक भिडियोमा सनम कठायत र रोश्री कार्कीको दम्दार अभिनय रहेको छ । करण चैसीरले उक्त म्युजिक भिडियोलाई खिचेएका हुन । यस्तै म्युजिक भिडियोको सम्पादन विकास ज्ञवालीले गरेका‌ छन ।

उक्त म्युजिक भिडियो शिव सुवेदीको आधिकारिक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *