मेरो लागि यो गलत होकि समाजसेवीहरुमा भएको घमण्ड-आरती वानेम फागो

मेरो लागि यो गलत होकि समाजसेवीहरुमा भएको घमण्ड-आरती वानेम फागो

“सारै महान भए हाम्रा समाजसेबि हरु”यसको मतलब यो होईन कि मेरो लागि समाजसेवा र समाजसेबि गलत हुन !मेरो लागि यो गलत होकि समाजसेवी हरुमा भएको घमण्ड!अरुको कमाई ले आफ्नो नाम कमाएर समाजसेवि भैइन्छ?एकछिनको लागि मानौ मलाई मेरो साथी ले बैक गएर उसको खातामा पैसा जम्मा गरिदिन भन्यो ! म गएर गरे ! अब भन्नुहोस् त्यो पैसा मैले मेरो भन्न मिल्छ?मैले यो भन्दा कतिपयले प्रश्न गर्नु होला कि मैले कहाँ र कति सहयोग गरे र यस्तो कुरा गरे भनेर!

हो आजसम्म मैले कहि र कसैलाई सहयोग गरेको छैन !किन कि यात्रा को क्रममा देख्ने गर्छौ 5/10 रुपैयाँ सहयोग माग्न संबंधित निकायले दिएको अनुमतिपत्र लिएर मागेको हुन्छ भने संजाल को माध्यम बाट लाख भन्दा माथी रमक उठाउनु गैर कानुनी काम होकि होइन ?यसको लागि कुनैपनी सम्बन्धि निकायले स्वीकृति को लागि दिएको कागज पत्र हुनुपर्छ कि पर्दैन?अनि एउटा बिरामी भेटन गएको समाज सेवि ले त्यही उहीँ बिरामीको लागि सहयोग थापेर अर्को हस्पिटल लादैमा म बिरामी को लागि मैले गर्छु गर्दैछु भन्न मिल्छ?

समाजसेवा कसैले आफ्नो एकलौटी धन खर्चेर गरेको छैन !ज जस्ले आफ्नो ईच्छा र मन अनुसार गरेको आर्थिक सहयोग ले गरेको हो !सम्पुर्ण सहयोगी दाजुभाइ दिदिबहिनी हरु लाई के भन्न चाहन्छु भने !खास समाजसेवि भनेको सहयोगि मन हरु हो ! किनकी हजुर हरुले पठाउनु भएको रमक सम्बन्धि ब्यती लाई हस्तान्तरण गर्दैमा सर मेडम भनेर ! उच्च स्थान नदिनुहोस किन कि यसले हिजोआज उहाहरु प्रती घमण्ड पैदा गराउदै गईरहेको छ !सहयोग गर्न चाहनु हुन्छ भने पर्सनली रूपमा गर्नु सक्नुहुन्छ !उहाहरुको हरेक सहि त ठिक छ गलत बाटो लाई पनि सहि भनेर हो मा हो मिलाएर साथ नदिनुहोसमेरो यो कुराले समाजसेवि हरु प्रती असर पर्न गए माफी चाहन्छु !
✍️ आरती वानेम फागो

Leave a Reply

Your email address will not be published. Required fields are marked *