सुदूरपश्चिमबाट उद्योग वाणिज्य महासंघको सदस्यमा कुँवरको उम्मेदवारी

सुदूरपश्चिमबाट उद्योग वाणिज्य महासंघको सदस्यमा कुँवरको उम्मेदवारी

कैलाली। कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन ।

उनले सुदूरपश्चिमबाट प्रतिनिधित्व हुने गरी केन्द्रिय सदस्यको उम्मेदवारी दर्ता गराएका हुन ।

उनले केन्द्रीय सदस्यमा आफू निर्वाचित हुने विश्वास व्यक्त गर्दै प्रदेशका साना तथा ठुला उद्योगी व्यवसायीका समस्या सामाधानका लागि पहल गर्ने बताएका छन् ।

कुँवर अगामी मंसिर ११ देखि १३ गते सम्म हुने महासंघको अधिवेशनमा चुनावी प्रतिस्पर्धा गर्नेछन् ।

उक्त चुनावमा सुदूरपश्चिमका ९ वटा जिल्लाका १० उद्योग वाणिज्य संघका अध्यक्षहरुले मतदान गर्नेछन् । अहिले सम्म कुँवर बाहेक अरुले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *