उत्तम राई र अनुशा राईको अभिनय रहेको ‘हाम्रो माया’ गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

उत्तम राई र अनुशा राईको अभिनय रहेको ‘हाम्रो माया’ गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौं । गायक तथा संगीतकार उत्तम राई र अहिले चर्चामा रहेकी मोडल अनुशा राईले अभिनय गर्नु भएको “हाम्रो माया” गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा उनै गायक तथा संगीतकार उत्तम राई र सुरिलो स्वरकी धनी गायिका अनु चौधरीको स्वर रहेको छ ।

लेखु सहयात्रीको उत्कृष्ट शब्दलाई उनै गायक तथा संगीतकार उत्तम राईले संगीत भरेका हुन् । गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ भने गीतलाई स्टुडियो ए प्लसमा कुशल थापाले रेकर्डिङ अनि साजन शाहले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

गायक तथा संगीतकार उत्तम राईको आफ्नै अफिसियल युट्युब च्यानल “Uttam Rai Official” मार्फत सार्वजनिक गरिएको गीतको भिडियो उत्तम राईलेनै निर्देशन गर्नुभएको छ । ज्ञानेन्द्र शर्मा हुमागाईको कन्सेप्ट तथा छायांकन रहेको भिडियो दिनसोन शाहको सम्पादन गर्नुभएको छ ।

भिडियो हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *