आफ्नो जन्मेको गाउँलाई प्रदेशिले दिए मन छुने सुझाब

आफ्नो जन्मेको गाउँलाई प्रदेशिले दिए मन छुने सुझाब

आज आफ्नै जन्मेको हुर्केको गाउको लागी केही लेख्ने मन लाग्यो आफु जहा भए पनी मन त्यही हुन्छ ! जन्म भुमि लेकम गाउककपालिका ५ मैखोली एउटा गरिब परिवारमा जन्मेको म परिवारमा आर्थिक समस्याका कारण नत पढाईमा डिग्री लिन सकीयो, नत सरकारी नोकरी खान सकियो, घरपरिवारको जिम्मेवारीमा परेर आफु पसिना बेच्न भारत पसेको बर्षौं बिती सक्यो तर ज्यान जहा भए पनी गाउकै बारे सोच दिमागमा आइरहन्छ !

आफ्नो गाँउ, टोल राम्रै प्रगती तिर दौडियोस भन्ने चाहना पनी हुन्छ तर विडम्वना विकृति हरुले गाँउ, समाज झुमिरहेको देख्दा मन तर्सिन्छ अनी दिक्क लाग्छ । कागजमा मेरो गाउँमा जुवा, तास बन्द छ, मदिरा निषेध गाउँपालिका छ, फेरी पनी जुवा, तास तथा मदिरा सेवन तथा ओसारपसार भने तिब्र रुपमा चलेको खबर पाईन्छ कीन र कसरी मेरो प्रश्न?

माथीको प्रश्न जुवाडी वा मदिरा सेवक या पसलेहरुलाई मात्र हैन त्यहाको प्रशासनलाई मात्र अनी गाउँकार्य पालिकालाई हो । हत्या, हिंसा, झगडा (कल) उत्पन्न गरिरहेको चिज (मदिरा) लाई किन समाजमा अघोषित अनुमती ?

यदी स्थानीय सरकारले नियन्तरणमा ल्याउन सक्दैन भने थुप्रै संगठनहरु छन, युवा संगठन, बिध्यार्थी संगठन, महिला संगठन, आमा समुह लगायत विभिन्न अरु पनी होलान किन उहाहरुलाई सम्मानका साथ रोकथाम मा अनुमति नदिइएको । एका तर्फ गाँउ एकता चाहियो, एकातिर यिनै जुवाडी, जड्याहाहरुको सहयोग चाहियो भने चल्दैन !

अर्को महत्वपुर्ण कुरा रात्रि जात्राको पनी छ म आफै पुरै दार्चुलाको लेकम क्षेत्रको लगायत बैतडीको सबै जात्रामा गैइसकेको मान्छे हु सबै रात्री जात्रा हरु हेरेको छु र उत्ताउलो भएर जान्थे तर अब पुरानो बातावरण नष्ट भएको अनुभुती हुन्छ बिगतका केहि वर्ष देखी यी रात्री जात्रा हरुमा मन खिन्न भयो र यीनै रात्री जात्रा हरुको विरोधमा छु!

आजभोलीको रात्री जात्रा हरुले मात्र अनैतिकता, आराजकाता, हिंसा, हत्या लगायत महिला दुव्र्यवहारका गलत कुराहरु मात्रै फैलाएको देखीन्छ । जुन जात्रामा धर्म सम्वन्धि ज्ञान, पुजा आराधना, हाम्रो मौलिक संस्कृतिबारे जानकारी तथा प्रदर्शन हुनु पर्ने हो त्यसता जात्रामा अनैतिक बिकृतिहरु बढ्न थालेपछि अब जात्रा दिउँसो लगाउनु पर्छ भन्नेमा मेरो जोडदार माग छ ।

मेरो जन्मगाउँ मैखोलीको ऐडिबाग मन्दिरमा दिउँसो जात्रा लागेको कुरा सुनेर खुसी लागेको छ तर त्यसैको ४ दिन पछि पाती जात्रा राती लागेको सुनेर फेरी नमिठो लागेको छ । एक ठाउँको मात्र हैन सबै ठाउँमा रात्री जात्रा दिउँसो लगाउनुपर्छ । देबी देवता दिउँसो पुजा गरे पनि खुसी नै हुन्छन त्यसैले राती लाग्ने जात्राहरुलाई समयानुकुल दिउँसो लगाएर समयमै सम्पन्न गर्नुपर्छ ।

सानो तिनो घरयासी कुरा हरु लाई समेत जात्रामा प्रदर्शन हुने गरियो, मदिराका थुप्रै बजारहरु लाग्ने गरे, जुवाका थुप्रै खालहरु बस्ने गरियो, आमा, काकी, दिदीबहीनी तथा चेलीवेटीहरु लाई जान आउन नै गारो महसुस हुन पुग्यो भने यो के को संस्कृति त? त्यसैले आउने सबै रात्री जात्रा बन्द गरियोस र दिउँसो लगाएर सभ्यताका साथ सम्पन्न गरियोस भन्ने मेरो जोडदार माग रहेको छ ।

अन्तमा, जुवाडी र सराबी दाजुभाईहरु यती बुझी दिनु होला म पनी दुधले धोएको मान्छे हैन तपाई सबै सित र तपाईहरुकै माझ हुर्किएको तपाई सबैको बातावरणमै सास फेरेको अनी तपाईहरुले गर्ने कार्यहरु पनी नगरेको है, तास पनी खेलेकै मदिरा पनी पिएकै तर तपाईहरुको जसरी नत खेलेको, नपिएको, नखाएको आखीर तपाईले पिउनुनै छ या खेल्नुनै छ भने अहिले प्रक्रिया छ प्रक्रियामा जानुस मदिराका लागी थुप्रै बारहरु छन जानुस पिनुस कसैले रोक्दैन जुवानै खेल्नु छ भने जानुस थुप्रै क्यासीनो हरु छन जित्नुस हार्नुस कसैलाई बालमतलब छैन् ।

तर गाँउ, समाजमा आराजकता फैलाउने काम नगरिदिनुस केही कुरा कसै सित छ भने शान्तिपुर्ण रुपले सम्झौता गर्नुस आपसमा हुदैन भने कानुनी प्रक्रिया अपनाउनुहोस, कानुनसंग गुहार मागे पक्कै पनि न्यायको जित हुनेछ र पिडितहरुले न्याय पाउँनुहुनेछ ।

फेरी पनि समाज सुधारमा लाग्न सबैलाई अनुरोध गर्दै बडादशैं र तिहारको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

✍️सुदूरपश्चिमेली नेपाली समाज भारतको सह-कोषाध्यक्ष र जम्मु कस्मिर इन्चार्ज एबं समाजसेवी बाशुदेब जोशी दार्चुलाको लेकम गाउँपालिका -५ मैखोली गैर घर भइ हाल रोजगारीको सिलसिलामा भारतको जम्मु कस्मीर राज्यमा हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *