समाजसेवि गंङ्ग खड्का र नृप खड्का को पहलमा कोरोना संक्रमित पिडितलाई आर्थिक सहयोग

समाजसेवि गंङ्ग खड्का र नृप खड्का को पहलमा कोरोना संक्रमित पिडितलाई आर्थिक सहयोग

दिनेश खड्का’खप्तडी’कैलाली। समाजसेवि गंङ्ग खड्का र नृप खड्काको पहलमा कोरोना संक्रमित टिकाराम कुँवरलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

सुदूरपश्चिमका प्रदेश अछाम साँफेबगर नगरपालिका वडा नं ९ का टिकाराम कुँवर लाई कोरोना पोजिटिभ भए पछि उपचार गर्नको लागि आर्थिक अभाव  भए पछि समाजसेवि गंङ्ग खड्का र नृप खड्काले छुटा-छुट्टै “टिकाराम कुँवर बचाउ”अभियान सन्चालन गरि नेपाली रु १ लाख ३३ हजार ६ सय रुपैयाँ संकलित रकम सोमबार भारतको सुरतमा एक कार्यक्रमको आयोजना गरि पिडितका भाइ चेतराज कुँवर लाई हस्तान्तरण गरेको छ ।

अभियान्ता गंङ्ग खड्काको पहलमा नेपाली रु ८२ हजार ६ सय ६० रुपैयाँ साथै नृप खड्काको पहलमा नेपाली रु ५० हजार ९ सय ४० रुपैयाँ गरि जम्मा १ लाख ३३ हजार ६ सय रुपैयाँ, पिडित परिवारलाई हस्तान्तरण गरेको अभियान्ता मदन खड्काले जानकारी दिनुभयो ।

यस अभियानमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पुर्णलाई अभियान्ताहरुले सयुक्त रुपमा हार्दिक धन्यबाद ज्ञापन समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *