‘राजतन्त्र राजतन्त्र भनेर धेरै फट्याक-फुटुक नगर्दा हुन्छ’- प्रधानमन्त्री वलि

'राजतन्त्र राजतन्त्र भनेर धेरै फट्याक-फुटुक नगर्दा हुन्छ'- प्रधानमन्त्री वलि

चैत १०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फर्किने बिषयमा चलाईएको हल्लाको पछाडी नलाग्न आग्रह गर्दै राजतन्त्रको फिरी लगाउनेलाई जनताको तर्फबाट चेतावनी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फालिसकेको राजतन्त्र राख्ने कि नराख्ने भनेर जनमत संग्रह हुन नसक्ने बताए । जनताले रगत बनाएर गणतन्त्र ल्याएको स्मरण गराउदै राजतन्त्र भनेर धेरै नारा नलगाउन चेतावनी दिए ।

प्रधानमन्त्री ओलीले भने, ‘यो गणतन्त्र रगत बगाएर ल्याएको गणतन्त्र हो, भिक्षामा पाइएको होइन, गाई कि त्रिशुल खेलेको होइन । बलिदानपूर्ण संघर्ष गरेर ल्याएको गणतन्त्रको रक्षा नेपालीले गर्छ । राजतन्त्र राजतन्त्र भनेर धेरै फट्याक-फुटुक नगर्दा हुन्छ ।’

प्रधानमन्त्रीले प्रतिगमनका कुनै सम्भावना नरहेको र नेपाली जनताले राजतन्त्र ल्याउने कुरा सोच्न पनि तयार नभएको बताए । साझा सवाल बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *