आइतबारदेखि सुरु हुने एसइई परीक्षाको तयारी पूरा,अछाम लगायत देशभरबाट चार लाख ७५ परीक्षार्थी सहभागी हुँदै

आइतबारदेखि सुरु हुने एसइई परीक्षाको तयारी पूरा,अछाम लगायत देशभरबाट चार लाख ७५ परीक्षार्थी सहभागी हुँदै

आईतबार देखी देशब्यापी रुपमा सञ्चालन हुन लागेको यो वर्षको माध्यामिक तहको परिक्षा (एसईई) का लागि अछामका ३९ जना बिद्यार्थि अयोग्य भएका छन । जिल्लाभरीमा २२ जना छात्र र १७ छात्राले परिक्षा दिन नपाँउने भएका हुन ।

परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । अछाम जिल्ला भरीमा बिद्यालयमा ८० प्रतिशत उपस्थित नभएका वा माध्यमिक शिक्षा परिक्षा (एसईई) को लागि आवस्यक प्रक्रिया नपुगेका उनीहरुले परिक्षामा सहभागि हुन नपाँउने शिक्षा विकास तथा समन्वय ईकाई अछामका प्रमुख लक्ष्मण गिरीले बताँउनुभयो । अछाम जिल्लामा २३ वटा परिक्षा केन्द्र तोकिएको छ भने सबै परिक्षा केन्द्रहरुमा प्रश्नपत्र, उत्तरपुस्तिका पुगीसकेको, सुरक्षा प्रबन्ध लगायत अन्य सबै व्यवस्थापनको काम समेत सम्पन्न भईसकेको गिरीको भनाई छ । यो वर्ष अछाममा ४ हजार ६ सय १ जना परिक्षार्थी एसईई परिक्षामा सहभागि हुँदैछन् । जसमध्ये नियमित तर्फ ४ हजार २ सय ८४ जना, ग्रेड बृद्धि तर्फ १ सय ७४ जना, पुराना ग्रेड वृद्धि तर्फ १ सय ७६ जना र प्राविधिक तर्फ ९९ जना रहेका छन । जिल्लाभरीबाट छात्र २ हजार २ सय ४३ र छात्रा २ हजार २ सय ५८ ले परिक्षामा सहभागिता जनाउँन लागेको शिक्षा विकास तथा समन्वय ईकाई अछामले जनाएको छ ।

त्यस्तै प्रदेश नं १ बाट ८३ हजार ८१८, प्रदेश नं २ बाट ७० हजार ५१८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नं ५ बाट ७६ हजार ९८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९७२ परीक्षार्थी सामेल हुनेछन् । परीक्षामा देशभर एक हजार ९६९ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने एक हजार ९६९ केन्द्राध्यक्ष, तीन हजार १६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५३५ सुरक्षाकर्मी परिचालित हुनेछन् भने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।

मुलुक सङ्घीयतामा गएपछि पहिलोपटक एसइई परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण काम प्रदेश सरकारले गर्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले बताए ।

उहाँले यो वर्ष प्रदेशअनुसार प्रश्नपत्र छपाई गरिएको जानकारी दिँदै परीक्षा बोर्डले प्रश्नपत्र छपाई, उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशन गर्ने बताउनुभयो । परीक्षा व्यवस्थापनको सम्पूर्ण काम यस वर्ष प्रदेश सरकारले गर्नेछ भने प्रदेश सरकारले तत्काल परीक्षाफल प्रकाशित गर्न नसक्ने भएकाले यसको जिम्मेवारी भने बोर्डले लिएको उनले जानकारी दिए ।

परीक्षा व्यवस्थापन गर्न प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र शिक्षा विकास तथा समन्वय एकाइले परीक्षा समन्वय समिति गठन गरी केन्द्राध्यक्ष नियुक्ति गरेका छन् । गतवर्ष चार प्रकारका प्रश्न सोधिएको थियो । यस वर्ष प्रदेशअनुसार प्रश्नपत्र छपाई गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । परीक्षामा साधारणतर्फको अनिवार्य छ विषयका फरक–फरक प्रश्नपत्र बनाइएको र प्राविधिक तथा संस्कृततर्फ सबै प्रदेशमा एकै प्रकारका प्रश्नपत्र बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *