टाईगर योङ्ग स्टार क्लब मलेसियाले गरिब,असहाय तथा अपाङ्ग हरुलाई आर्थिक सहयोग

टाईगर योङ्ग स्टार क्लब मलेसियाले गरिब,असहाय तथा अपाङ्ग हरुलाई आर्थिक सहयोग

मलेसिया,कृष्ण गुप्ता। टाईगर योङ्ग स्टार क्लब मलेसियाले गरिब,असहाय तथा अपाङ्ग हरुलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

देश तथा बिदेशमा विभिन्न कारणले समस्यामा परेकाहरुलाई सहयोग गर्ने उदेश्यले समाजको स्थापना गरिएको बताइएको छ । स्थापना काल देखि नै निरन्तर समाजमा रहेका अती गरिब,अपाङ्ग,बाढीपीडित जस्ता असहाय ब्यक्तिलाई सहयोग गर्दै आएको छ ।

हामि नेपालीहरु वैदेशिक रोजगारी को शिलशिलामा विश्वको विभिन्न देशहरुमा पुगेका छौँ र समन्धित विभिन्न मुलुकहरुमा रहेका नेपाली दाजुभाइ दिदिबहिनीहरु एक जुट भएर हातेमालो गरि जब देश दुख्छ”अनि समाज रुन्छ विभिन्न कारणले अत्यन्तै समस्या अनि पीडा झेल्दै आएका वास्तविक पिडितलाई  सहयोग गर्ने हेतुले हामि अघि बढिरहेको समाजका एक प्रतिनिधिले बताए ।

समस्यामा परेका पीडितको अवस्था हेरि आर्थिक सहयोग मा जुटेको र सो सहयोगले सयौं पिडितहरुको उद्दार भएको बास्तबिकता त हामिलाई थाहा नै छ यस्तै तरिकाले । मलेसिया मा पनि यहाँ रहेका केही युवाहरुको एउटा समुह ले नेपाल संगै मलेसिया मा आर्थिक अभाव को कारण विभिन्न समस्या पर्नु भएका पीडित हरुलाई आर्थिक सहयोग गरेका समाजले बताएको छ ।

केही महिना देखि राहत सहयोग अभियान चलाएको टाईगर योङ्ग स्टार क्लबका अध्यक्ष डिएस थापा र प्रत्रकार एव सचिव कृष्णा थापाको पहलमा टाईगर योङ्ग स्टार राहत कोषमा नेपाली रु.७४५०० संकलन भएको रकम बाग्लुङको ढोरपाटन नगरपालिका ८र९ का बाढी पीडित लाई रु,२५००० (पच्चीस हजार) दुई ओटा खुट्टा नभएकी बुटवल की हिरा थापालाई नेपाली १० हजार हस्तान्तरण गरेको छ।

यस्तै मलेसिया शाह आलममा सानो बच्चा सहित अलपत्र परेकी नेपाली चेली ओखलढुंगा कि सविना कटुवाल राई लाई नेपाली रुपैयाँ १६ हजार,गुल्मीका दुबई हात खुट्टा नचल्ने भएका भीम ब.परिवार लाई रु १० हजार सहयोग गरेको छ। यस लगत्तै अब बाकी रहेको रकम पनि नेपालको विभिन्न ठाउँ सहयोग गर्ने समाजले बताएको छ ।

यस अभियान मा जोडिनु भएका सम्पूर्ण सहयोगीहरू लाई समाजले हार्दिक धन्यवाद ज्ञापन समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *