आईपिएल सुरु : च्यालेन्जर्स बैङ्ग्लोर पहिलो ब्याटिंग गर्दै

आईपिएल सुरु : च्यालेन्जर्स बैङ्ग्लोर पहिलो ब्याटिंग गर्दै

भारतको चेन्नेईमा १२ औं संस्करणको ईन्डियन प्रिमियर लिग (आईपिएल) सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन चेन्नेई सुपर किङ्ग्सले रोयल च्यालेन्जर्स बैङ्ग्लोर विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । भारतको चिदाम्बरम स्टेडियममा जारी उद्घाटन खेलमा चेन्नेई महेन्द्र सिह धोनी तथा बैङ्गलोर विराट कोहलिको नेतृत्वमा मैदान उत्रेका छन ।

चेन्नेईको टिममा अ्म्बाती राईडु, शुरेश रैना,शेन वाट्सन, महेन्द्र सिह धोनी, केदार जादब, रबिन्द्र जडेजा, ड्यान ब्र्याभु, दिपक चहार, सार्दुल ठाकुर , हरभजन सिह र ईमरान ताहिर रहेका छन भने बैङ्गलोरको टिममा विराट कोहली, पार्थिब पटेल, मोईन अलि, एबि डेभिलियर्स, सिमरन हेटमेयर्स, शिवम दुबे,कोलिन ग्र्यान्ड्म, उमेश यादव,युजबेन्द्र चहल, महोम्मद सिराद र नबदिप सैनी रहेका छ्न ।

सन २००८ बाट सुरुभएको विश्व क्रिकेट जगतमा सर्वाधिक चर्चित घरेलुु क्रिकेट प्रतियोगिता ईन्डियन प्रिमियर लिग(आईपिएल) मा विभिन्न ८ टोलि सहभागी रहेका छन । प्रतियोगिता डवल राउन्ड रोबिनको आधारमा खेलाईन्छ भने लिग चरणबाट ४ शिर्ष टोलि अघिल्लो चरण प्रवेश गर्ने गर्छन । सधैजसो यसपटक आईपिएलको औपचारिक उद्घाटन गरिएको छैन ।पुलुवामा आक्रमणको कारण औपचारिक कार्यक्रम नगरेको भारतीय क्रिकेट कन्ट्रोल वोर्डले औपचारिक कार्यक्रममा लाग्ने भनेको २० करोड भारतीय रुपैयाँ सहिद परिवारलाई दिने निर्णय गरेको थियो । न्युज सुदुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *