पशुपतिनाथले हामी सबैको रक्षा गरुन, हेर्नुहोस चैत्र ९ गते शनिवारको राशीफल,के लेखिएको छ तपाईको भाग्यमा

पशुपतिनाथले हामी सबैको रक्षा गरुन, हेर्नुहोस चैत्र ९ गते शनिवारको राशीफल,के लेखिएको छ तपाईको भाग्यमा

पशुपतिनाथले हामी सबैको रक्षा गरुन, हेर्नुहोस चैत्र ९ गते शनिवारको राशीफल,के लेखिएको छ तपाईको भाग्यमा

मेष – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बौद्धिक व्यक्तित्वसँग प्रतिस्पर्धामा उत्रनुपर्ला। समयमै गम्भीर नबन्दा समस्या थपिएला। गरेका काम बढि खर्चालु होलान् । झुट्टा आरोप लाग्न सक्छ सतर्क हुनुहोला । जिम्मेवारी थपिए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। प्रतीक्षा गरिएको नतिजा सकारात्मक नहुने समय छ।। आक्षेप लगाउनेहरूले दु:ख देलान्।आफन्तबाट आलोचित हुनु पर्ला ।

बृष -( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
एक्लौटी काम हुनेछन् ।अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नु हुँनेछ । मिहिनेत परे पनि चिताएको मूल्य प्राप्त नहुन सक्छ।व्यापार व्यावसायमा प्रसस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आत्मिय साथि तथा आफन्त सँग मनमुटाब बढ्ने योग रहेकोछ ।स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला।

मिथुन – (का, कि, कु, घ, ङ, छ, के, को, ह )
धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ ।आँटले काम सम्पादन हुनेछ।। रुपैया पैसा बचत गरि नयाँ व्यापार व्यावसायमा लगानि गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् ।

कर्कट – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ ।। परिवारजनको आर्थिक अवस्था सुदृड बनाउँन सकिनेछ ।प्रतिष्पर्धिहरु आफै किनारा लाग्ने तथा सफलताको सिडि चड्न सकिनेछ । नयाँ व्यावसाय थालनि गर्न सकिने तथा भनेजस्तो आम्दानि गर्न सकिनेछ ।तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ

सिंह – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । बलजफ्तीले पछिसम्म बाधा पुर्याउनेछ। अनावस्यक काम आईलाग्न सक्छ । विश्वास गरेकाले धोका दिने छन् अवसर प्राप्त भए पनि नियमित काममै अलमलिनाले पछि परिनेछ। पहिलेको योजना अनिश्चित बन्नेछ भने नयाँ काममा अन्योल बढ्न सक्छ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्।

कन्या – (टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई अरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ ।सामाजिक निर्णयहरु तपाईकै पक्षमा हुँने हुँनाले मन प्रशन्न रहनेछ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। छिमेकिसँग मिलेर गरिने पेशा व्यावसाय फस्टाएर जानेछ । प्रशासनिक क्षेत्रमा तपाईको गतिलो उपश्थिति रहनेछ । विभिन्न भौतिक साधन जुट्नेछन्

तुला -(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। कामको उच्च मूल्यांकन हुनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्।

बृश्चिक – (तो, ना, नि, नु, ने, नो, या, यि, यु )
परिस्थिति त्यति अनुकूल नरहला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहनेछ तर उपलब्धिविहीन काममा समय बित्न सक्छ। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ।व्यर्थका काममा समय खर्च हुनेछ । मानसिक तनाव बढ्न सक्छ । ऋण लगानी नगर्नु होला डुब्न सक्छ । व्यापार व्यवसायमा पनि समस्या देखिने छन् । आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्।

धनु -( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
होसियारीसाथ काममा जुट्नुहोला। मनमा द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। आर्थिक कारोवारमा थोरै ध्यान दिनु पर्ने देखिन्छ । काम सम्पादन नभए पनि योजना बन्नेछ।बनिसकेको काम बिग्रनाले दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। सामाजिक दायित्व बढ्नेछ।

मकर – (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काम गर्ने जोश जागर घट्ने छैन अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ अवरोध हट्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ।।गर्न बाँकी रहेका काम आज फस्र्योट हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिनेछ। गोप्य रहस्य पत्ता लाग्नेछ।

कुम्भ -( गु, गे, गो, सा, सि, सु, से, सो, द )
परिवारजनको साथले उत्साह जगाउनेछ। व्यवसायमा राम्रै फड्को मार्न सकिनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ।छोटो समयमा फाइदा उठाउन सकिनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। साहसी काम गरेर अरूको मन जित्न सकिनेछ।

मीन – (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । रफजुल खर्च बढ्नेछ । जोखिम पूर्ण काममा हात नहाल्नु होला । मान,सम्मान तथा ईज्जत प्रतिष्ठामा आँच आउँन सक्छ ।सहयोगीहरू पछि हट्नाले नयाँ योजना प्रारम्भ गर्न समस्या पर्नेछ। व्यापार व्यावसायमा प्रसस्त समय दिएपनि आम्दानि थोरै नै हुँनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *