सुदूरपस्चिममा बिशेष रूपमा मनाइने हाेली (हाेरी) राजधानीमा हर्षाेल्लासका साथ मनाए -भिडियाे

सुदूरपस्चिममा बिशेष रूपमा मनाइने हाेली (हाेरी) राजधानीमा हर्षाेल्लासका साथ मनाए -भिडियाे

अछाम लगायत सुदूरपस्चिममा बिशेष रूपमा मनाइने हाेली (हाेरी) राजधानीमा रहेका अछामीले पनि शनिबार हर्षाेल्लासका साथ मनाएका छन् । अछाम जिल्लाका बिभिन्न ठाउँमा मनाउने हाेरीलाइ काठमाण्डाैमा बस्दै अाएका अछामीहरूले रहेक बर्ष भब्य रूपमा मनाउने गरेका हुन।

हाेरी अछामकाे महत्वपुर्ण एैतिहासिक परम्परा मानिन्छ । देशका बिभिन्न ठाउमा मनाइने हाेलीमा उत्शृङ्खल प्रवृति हावि हुदै गएकाे र यसपर्वलाइ विकृतीकाे बाटाेमा लिन खाेजिरहेका युवा पिढिलाइ अछामकाे हाेलीबाट केही सिक्न पर्ने देखिन्छ ।संसद भवनकाे नजिकै रहेकाे नेपाल कमर्श क्याम्पसमा काेलाहल र उत्शृङ्खल भन्दा बग्दै हाेलीकाे दृश्य देखियाे ।

काठमाण्डाैमा मनाइएकाे होलीमा अछामका राजनितिज्ञ, समाजसेवी, भाषा कला र संस्कृतिलाइ माया गर्नेहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे । नयाँ बानेश्वर मिनभवन स्थित नेपाल कमर्श क्याम्पसमा भएकाे भब्य हाेलीमा हाेरीकाे राैनताका संगै देउडाकाे उत्साह पनि देखिएकाे थियाे । त्यस्तै पिंगलास्थान, सिनामंगल लगायतका ठाउमा समेत अछामी हाेली खेलिएकाे थियाे । भिडियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *