Royal challengers Bangalore vs Kings xi Punjab

Royal challengers Bangalore vs Kings xi Punjab

काठमाडौं, २९ असोज : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज किंग्स इलावेन पञ्जाब र रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) खेल्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि शारजाहमा सुरु हुनेछ ।

जारी सिजनमा आरसीबी राम्रो लयमा देखिएको छ । उसले सात म्याच खेल्दा पाँचमा जित र दुई खेलमा हारको सामना गरेको छ । आरसीबी १० अंकका साथ तालिकामा तेस्रो स्थानमा छ ।

यता पञ्चाब भने धेरै म्याचमा जित नजिक पुग्दा पनि लगातार पराजय ब्यहोरिरहेको छ । उसले सात खेलमध्ये एक म्याचमा मात्र जित हासिल गरेको छ ।

पञ्जाबले आरसीबीविरुद्ध नै जित हासिल गरेको थियो । पञ्जाब दुई अंकका साथ तालिकाको पुछारमा छ ।

यो पनि पढ्होस्- शिखरले बनाए कीर्तिमान, पछि परे विराटसहित ३ स्टार

पञ्जाबमा यो सिजनमा केएल राहुल कप्तान छन् । व्यक्तिगत रूपमा उनको प्रदर्शन शानदार रहे पनि टिमले भने लगातार पराजय ब्यहोरिरहेको छ । आरसीबीमा भने यो पटक पनि विराट कोहली नै कप्तान छन् ।

सुरुवातका केही म्याचमा सस्तैमा आउट भए उनी पछिल्ला खेलमा लयमा देखिएका छन् । शारजाहको मैदानमा अन्य स्टेडियमको तुलनामा बढी रन बनिरहेको छ ।

यो मैदानमा केही म्याचमा दुई सय बढी रन पनि बनेको छ । तर, पछिल्लो केही म्याचमा यो मैदानमा पनि हाइस्कोरिङ म्याच देख्न पाइएको छैन । यद्यपि आज दुबै टिममा विस्फोटक ब्याट्सम्यान भएकाले चौका/छक्काको वर्षा देख्न पाइने छ ।

जारी संस्करणमा शारजाहमा ६ म्याच भएका छन् । जसमा पाँच पटक पहिला ब्याटिङ गर्ने टिमले जित हासिल गरेको छ ।

हालसम्म आईपीएलमा पञ्जाब र आरसीबीबीच २४ म्याच भएको छ । जसमा पञ्जाबले १४ र आरसीबीले ११ म्याच जितेको छ ।

यो पनि पढ्होस्- दिल्लीका कप्तान अय्यर घाइते!

आरसीबीको सम्भावित प्लेइङ-११ : आरोन फिन्च, देवदत्त पाडिक्कल, विराट कोहली (कप्तान), एबी डिविलियर्स, शिवम दुबे, वाशिङटन सुन्दर, क्रिस मोरिस, ईसुरु उडाना, मोहम्मद सिराज, नवदीप सैनी र युजवेन्द्र चहल ।

पञ्जाबको सम्भावित प्लेइङ-११ : मयंक अग्रवाल, क्रिस गेल, केएल राहुल (कप्तान), निकोलस पूरन, ग्लेन म्याक्सवेल, मन्दीप सिंह, क्रिस जोर्डन, मुर्गन आश्विन, रवि बिश्नोई, मोहम्मद शमी र अर्शदीप सिंह ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *