आईपीएल : कप्तान अय्यरले गरे सहवागको कीर्तिमान बराबरी

आईपीएल : कप्तान अय्यरले गरे सहवागको कीर्तिमान बराबरी

काठमाडौं, २९ असाेज : दिल्ली क्यापिटल्सका कप्तान श्रेयस अय्यरले आइपीएल २०२० को ३०औँ खेलमा राजस्थान रोयल्सविरुद्ध आफ्नो टोलीका लागि कप्तानी इनिङ्स खेले।

गएराति संघर्ष गरिरहेका टोलीका लागि उनले एक उत्कृष्ट इनिङ्स खेलेका थिए। सुरुवातमै दुई विकेट गुमेपछि श्रेयसले शिखर धवनसँग तेस्रो विकेटका लागि ८५ रनको महत्वपूर्ण साझेदारी गरे। र, टिमलाई प्रतिस्पर्धात्मक लक्ष्यसम्म पुगाए।

अय्यर ४३ बलमा ५३ रन बनाएर आउट भए। साथै शिखर धवनले पनि ५७ रन बनाए। यी दुईको अर्धशतकपछि मात्र दिल्लीको स्कोर २० ओभरमा ७ विकेटमा १६१ रनमा पुगेको थियो।

श्रेयस अय्यर यस अर्धशतक पछि दिल्लीको लागि आईपीएलमा सबैभन्दा अर्धशतक बनाउने ब्याट्सम्यान बनेका छन्। उनले वीरेन्द्र सहवागको कीर्तिमान बराबरी समेत गरेका छन्।

सहवागले पनि दिल्लीको लागि आईपीएल खेल्दा १५ अर्धशतक बनाएका थिए र अब श्रेयस पनि १५ अर्धशतक पुगाएका छन्।

दिल्लीको लागि आईपीएलमा ऋषभ पन्त सर्वाधिक अर्धशतक बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन्। उनले दिल्लीका लागि हालसम्म ११ अर्धशतक प्रहार गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *