कम्युनिस्ट आन्दोलनका एक कुशल योद्धा धन बहादुर मल्लको निधन

कम्युनिस्ट आन्दोलनका एक कुशल योद्धा धन बहादुर मल्लको निधन

बझाङ,समीर मल्ल। कम्युनिस्ट आन्दोलनका एक कुशल योद्धा धन बहादुर मल्लको आज विहान निधन भएको छ । जनयुद्ध बझाङका जननी मल्ल लामो समय देखि मृगौला रोग बाट ग्रस्त भई धनगडी स्थित सारथी हस्पिटलमा उपचारत थिए । उपचारको क्रममा आज विहान अस्पतालमै मृत्यु भएको पारीवारिक स्रोतले जनाएको छ । लामो समय देखि कम्युनिष्ट आन्दोलनमा सहभागि मल्ल आर्थिक र कृषि क्रान्तीका लागी प्रेरणाको स्रोत भएको उनका सहपाटीहरु बताउछन । कम्युनिष्ट पार्टीका कुशल सङ्गठक मल्लको हक्की र स्पष्टवक्ता स्वभावलाई धेरैले मन पराउँथे । जीवनभर सामाजिक क्षेत्रमा सक्रिय उनले तत्कालीन नेकपा (एमाले) बाट २०४७ सालमा कम्युनिष्ट आन्दोलनमा होमिएका थिए ।

आन्दोलनका क्रममा २०५४ साल तिर तत्कालीन विद्रोही भनिएको नेकपा माओवादीमा सक्रिय उनी १२ पटक गिरप्तार भएका थिए । घरमा आएर सरकारपक्षले बेला बेलामा दुख दिन थाले पछि देशको आमुल परिर्वतनका लागी र बर्गा संघर्षका लागी जनपक्षिय राज्य शासन प्रणलीका लागी भन्दै २०५७ सालमा भुमिगत भएका थिए । त्यसयता उनको सम्पुर्ण परिवार नै कम्युनिष्ट आन्दोलनमै सक्रिय छन । उनका छोरी देवकी मल्ल नेकपा बाट विजयी भई सुदुरपश्चिम प्रदेश सभा सदस्य छिन ।

उनले लामो समय माओवादी आन्दोलनमा होमिएका मल्ल तत्कालीन अवस्थाको माओवादी टुक्रिदै गए पछि  उनी नेत्र विक्रम चन्द विप्लव नेतृत्वको समुहको सेती महाकाली मुक्ती मोर्चाको ईन्चार्ज समेत रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *