अध्यक्ष पौडेलद्वारा रवि लामिछानेलाई यस्तो कडा चेतावनी

अध्यक्ष पौडेलद्वारा रवि लामिछानेलाई यस्तो कडा चेतावनी

चर्चित पत्रकार रवी लामिछानेले नेकपा अध्यक्ष पुष्पकमल दाहालबारे गरेको टिप्पणीलाई लिएर अहिले विरोध सुरु भएको छ । सत्तारुढ दल नेकपा अध्यक्ष एवम पूर्व प्रधानमन्त्री दाहालले आफुलाई ज्यान मार्ने खत्तरा भएको प्रशंगलाई लामिछाने आफ्नो सिधा कुरा जनतासँग मार्फत बाहिर ल्याएका थिए ।
उनले छोरीलाई मेयर, बुहारीलाई मन्त्री र पत्नीलाई अमेरिका लैजान लागेको भन्दै हिजोका सर्वहारा नेताहरुको जीवनशैली राजाको भन्दा कम नभएको भन्दै विरोध जनाएका थिए ।

यसै विषयलाई लिएर युवा संघ अध्यक्ष रमेश पौडेलले फेसबुकमा स्टाटस राख्दैं यस्तो लेखेका छन् ।
हाम्रो पार्टी अध्यक्ष कमरेड पुष्पकमल दहाल `प्रचण्ड ´ का सन्दर्भमा रवि लामीछानेले वाेलेकाे कुरा भर्त्सना याेग्य छ । उनकाे याे अभिव्यक्तिलाई लिएर सरकारले निजलाई कार्वाहीकाे दायरामा ल्याउन हामी माग गर्दछौं । पत्रकारको खाेलमा मच्चाउने छाडा तन्त्र र अराजकतालाई नियन्त्रण गर सरकार । यस्ताे बिषय प्रेस स्वतन्त्रता हुन सक्दैन । भनेर उल्लेख गरिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *