सुदूरपश्चिमेली नेपाली समाजहरुको सयुक्त अभियानद्वारा तुर्माखाद गाउँपालिकामा खाद्यान्न सामग्री वितरण

सुदूरपश्चिमेली नेपाली समाजहरुको सयुक्त अभियानद्वारा तुर्माखाद गाउँपालिकामा खाद्यान्न सामग्री वितरण

अछाम। कोरोना भाईरस कोभिड १९ को कारण खानको लागि समस्या खेपि रहेका अछाम’ तुर्माखाद गाउँपालिका अन्तगर्त विभिन्न वडाहरुका २१ घर परिवारलाई सुदूरपश्चिमेली नेपाली समाजहरुको सयुक्त अभियान मार्फत खाद्यान्न (चामल ,दाल ,तेल ,नुन ) सामग्री वितरण गरेको छ ।

विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली नेपालीहरुलाई आईपर्ने समस्याहरुको समाधानका साथै नेपालमा हुने प्राकृतिक दैविय प्रकोपबाट प्रभावित क्षेत्र स्वास्थ्य,शिक्षा लगायत परोपकारी कार्यको लागि विश्वका विभिन्न देशमा स्थापना भएका सुदुर पश्चिमेली नेपाली समाजहरुको सयुक्त पहलमा स्थापना गरिएको सुदूरपश्चिमेली आपतकालीन राहतकोष मार्फत वास्तविक समस्यामा परेका परिवार हरुको समस्यालाई मध्यनजर गर्दै वर्तमान परिस्थितिमा आवश्यक खाद्यान सामाग्रीहरु विगत केहि महिना अगाडि देखि अभियानको रुपमा वितरण गर्दै आएको र यसै क्रममा अछाम’मा तिव्र गतिमा स्थानीय सरकारको रोहबरमा राहत वितरण भैरहेको अध्यक्ष धनबहादुर बलायर बताए ।

तुर्माखाद गाउँपालिका अध्यक्ष पुर्षराज शर्मा,कमलबजार नगरपालिका वडा नम्बर ३ अध्यक्ष जगत बिष्ट, तुर्माखाद गाउँपालिका वडा नम्बर ८ अध्यक्ष चक्र पर्साद धमाला ,श्री सिद्धेस्वोरी उच्च मा बि का प्राध्यापक बिष्णु प्रसाद भण्डारी ,श्री सिद्धेस्वोरी उच्च मा बि स्कुल व्यावस्थापन समितिका अध्यक्ष मीन ब बिष्ट लगायत स्थानियहरुको रोहबरमा एक कार्यक्रम आयोजना गरी वितरण गरेको केन्द्रिय महासचिब दिलेन्द्र प्रसाद जोशीले बताए ।

यस परोपकारी कार्यमा महत्वपुर्ण भुमिका निर्वाह गर्नु नेपाल संयोजक चेतन थापा, सुदूरपश्चिमेली नेपाली समाज भारत कार्यबाहक अध्यक्ष कटक बहादुर बिष्ट , महाराष्ट्र राज्य पुना जिल्ला अध्यक्ष बिक्रम ढकाल तथा स्थानीय जनप्रतिनिधि, प्रशासन ,सन्चारकर्मी तथा तुर्माखाद गाउँपालिका’को समन्वयमा कार्यक्रम लाई व्यवस्थापन गरि सहयोग पुर्याउने सुदूरपश्चिमेली नेपाली समाज तेलङ्गाना राज्य अध्यक्ष धिरज बिष्ट, महाराष्ट्र राज्य बरिष्ठ उपाध्यक्ष धर्मराज धमला ,महाराष्ट्र सचिव बल बहादुर बिष्ट,समाजसेवि पुर्णबहादुर विष्ट लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सबैलाई सुदूरपश्चिमेली नेपाली समाजले हार्दिक धन्यवाद ज्ञापन समेत गरेको एसिया संयोजक दिनेश खड्का’खप्तडी’ले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *