बुवाको पुण्य-तिथीको अबसरमा महिला तथा बालबालिका सेभ हाउसलाई खाद्यान्न सामग्री सहयोग

बुवाको पुण्य-तिथीको अबसरमा महिला तथा बालबालिका सेभ हाउसलाई खाद्यान्न सामग्री सहयोग

कैलाली। कैलालीको गोदावरी नगरपालिका वडा नं ४ बस्ने कुवेर खड्काले आफ्ना स्वर्गिय बुवाको पुण्य तिथीको अबसरमा खाध्यान्न सहयोग गरेका छन् । उनले गोदावरी नगरपालिका २ अत्तरियामा रहेको अनाथ एबम् असहाय महिला तथा बालबािलकाहरुको पालन पोषण देखी शिक्षादिक्षा दिइरहेको महिला तथा बालबालिका सेभ हाउसलाई आज खाध्यान्न सहयोग गरेका हुन् ।

२०७६ साल असोज १४ गते आजकै दिन स्वर्गवास भएका आफ्ना बुवा सालीभान खड्काको एक बर्षको पुण्य तिथीमा सेभ हाउसलाई २ कट्टा चामल , १० किलो दाल , ५ लिटर तेल, ५ किलो नुन , एक क्रेट अण्डा तथा फलफुल सहयोग गरेको हो । उक्त खाध्यान्न तथा फलफुल आमा ईसरा देवि खड्काले सेभ हाउसकी अध्यक्ष जानकी मलासीलाई हस्तान्तरण गरेकी थिइन् ।सहयोग हस्तान्तरण पछि छोटो प्रतिकृया राख्दै युवा समाजिक अभियान्ता समेत रहेका कुवेर खड्काले बुवाको पुण्य तिथीको अबसरमा सडकको जिवन बिताइरहेकालाई संरक्षण दिइरहेको सेभ हाउसमा सानो भएपनि सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।

उनले आफु बिभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेकाले पनि सेभ हाउसका लागि आगामी दिनहरुमा आफ्नो तर्फवाट गर्न सकिने सहयोग निरन्तर रुपमा गर्ने प्रतिबद्धता समेत जनाए । बुवाको पुण्य तिथीमा सेभ हाउसमा आएर अनाथ एबम् असहाय महिला तथा बालबालिकाहरुका लागि खाध्यान्न तथा फलफुल उपलब्ध गराएर सहयोग गरेको भन्दै सेभ हाउसकी अध्यक्ष मलासीले धन्यवाद दिइन् ।उनले भनिन् – स्वर्गवास भएका बुवाको बैकुण्ठमा बास होस र छोराछोरीलाई यसरी नै दुखी र गरिबको सहयोग गर्न मिलिरहोस ।

उनले पछिल्लो समय सहयोगी हातहरु बढ्दै गएकाले सेभ हाउस संचालनमा सहज भए पनि आफ्नो भवन नहुदा समस्या भैरहेको बताइन् । अहिले सो सेभ हाउसमा ४२ जना अनाथ एबम् असहाय महिला तथा बालबिालकाहरु रहेका छन् ।

उक्त सहयोग कार्यक्रममा स्व.खड्काका छोरा कुवेर खड्का, कान्छा छोरा रोसन खड्काको पनि सहभागिता रहेको थियो । उनका माईला छोरा दिपक खड्का सुदूरपश्चिमेली नेपाली समाज भारतका केन्द्रिय वरिष्ठ उपाध्यक्ष समेत रहेका खड्का बिभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *