आइसोलेसन सेन्टर र कोभिड १९ यूनिटको निरीक्षण

आइसोलेसन सेन्टर र कोभिड १९ यूनिटको निरीक्षण

बाँके : कोरोना भाइरस (कोभिड १९) को संक्रमण बाँके र बर्दियामा तीब्र गतिमा दिन प्रतिदिन बढ्दै गइरहेको छ । संक्रमण समुदाय स्तरमा फैलिसकेको छ । बढ्दो संक्रमण दरका कारण यसको रोकथाम तथा नियन्त्रण र संक्रमितहरूको व्यवस्थापन चुनौतिपूर्ण बन्दै गइरहेको छ ।

संक्रमितहरूको व्यवस्थापनका सन्दर्भमा अस्पतालमा नै भर्ना भई उपचार आवश्यक नभएका , संक्रमणको लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितहरुलाई छुट्टै आइसोलेशन केन्द्रमा वा घरमा नै आइसोलेसन (होम आइसोलेसन) मा राखी उपचार गर्नुपर्ने देखिएको छ ।

होम आइसोलेसनका लागि तोकिए बमोजिमको न्युनतम मापदण्ड नभएको अवस्था र आइसोलेसन केन्द्रमा बेड खाली नहुँदा आइसोलेसनमा बस्नको लागि भेरी अस्पतालमा आइसोलेसन सेन्टरको विस्तार गर्ने सहमति भैरहेको छ । आइसोलेसन सेन्टर सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार, जनशक्ति र फोहोर व्यवस्थापन लगायतका अन्य प्राविधिक विषयहरुको न्युनतम मापदण्ड निर्धारण गर्न आवश्यक देखिएको छ ।

सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङ र नेपाली सेनाका कर्नेल नकुल थापाले कोहलपुर नगरपालिकाबाट स्थापना गरि संचालनमा ल्याइएको १० बेडको आइसोलेसन सेन्टर र नेपालगन्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालले सन्चालन गरेको कोभिड १९ यूनिटको अनुगमन तथा निरिक्षण गरेका छन् । अहिलेसम्म बाँकेमा स्थापना गरिएका आइसोलेसन र क्वारेन्टिनको यसरी सरकारी तर्वरबाट अनुगमन हुन सकेको थिएन् ।

बाँके जिल्ला समन्वय समितिमा रहेको ४ करोड रुपैयाँ कोरोना विशेष अस्पतालको स्तरोन्नतीका लागि खर्च गरिने भएको छ । बाँकेमा कोरोना संक्रमितको संख्या दैनिक बढेको र आबश्यकताअनुसार आइसोलेसन तथा यसका लागि बजेट अभाव देखिएकाले मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को यस्तो निर्णयसँगै बाँको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ नेतृत्वको टोलीले अस्तालमा थप बेडसहितको आइशोलेशनको सम्भाव्यता बारे अवलोकन समेत गरेको छ । अहिले दिनअघि मन्त्रिपरिषद वैठकले जिल्ला सममन्वय समिति बाँकेमा रहेको ४ करोड रुपैया कोरोना विशेष अस्पतालको स्तरोन्नतीका लागि खर्च गर्ने निर्णय गरिसकेको छ । बढ्दो कोरोना संक्रमिततको सहज र प्रभावकारी उपचारका लागि भेरी अस्पतालमै थप बेडसहितको आइशोलेशन सञ्चालन गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *