एकाएक किन भने रवी लामिछानेलाई ‘वेवारिसे लाश’ बनाइदिने चेतावनी

एकाएक किन भने रवी लामिछानेलाई ‘वेवारिसे लाश’ बनाइदिने चेतावनी

पछील्लो समयमा सिधा कुरा जनतासँगका टेलिभिजन प्रस्तोता रवि लामिछाने निकै विवादित बनेका छन। टेलिभिजन प्रस्तोता रवि लामिछानेले ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गरेपछि पूर्वमाओवादीले पनि लामिछानेको विरोध गरिरहेका छन् ।

कार्यक्रममा लामिछानेले आफू प्रधानमन्त्री भएको, छोरीलाई मेयर , बुहारीलाई मन्त्री बनाएको भन्दै आलोचना गरेका थिए । उक्त कार्यक्रममा प्रचण्डको बारेमा लामिछानेले दिएको अभिव्यक्तिका कारण उनीमाथि प्रचण्ड परिवार तथा नेकपाका नेताहरु खनिएका हुन् ।


वाईसिएल नेपालका काठमाडौं जिल्लाका पूर्व अध्यक्ष समेत रहेका शिव कोइराला ज्वालाले लामिछानेको वेवारिसे लाश बनाइदिने धम्की दिएका छन् । उनले फेसबुकमा यस्तो लेखेका छन
“सरकार रबि लामिछाने लाई तह लगाउने हैसियत राख !
अन्यथा रबि वेवारिसे लाश हुॅदा तेरो अनुशन्धान गर्ने क्षमता कमजोर छ, तै लाई अबगत होला नै !! “

Leave a Reply

Your email address will not be published. Required fields are marked *