गायक डम्बर विश्वकर्मा’को दशैं तिहार गित यस्तो आयो बजारमा (हेर्नुहोस भिडियो सहित)

गायक डम्बर विश्वकर्मा'को दशैं तिहार गित यस्तो आयो बजारमा  (हेर्नुहोस भिडियो सहित)

काठमाडौं । सर्जक तथा गायक डम्मर बिश्वकर्मा र सन्ध्या बुढाको मिठो स्वरमा प्रदेशीहरुको मन छुने दशै तिहार गित “आउदैन ए पियारा”गित सार्वजनिक भएको छ ।

दशै तिहार बिषेश गित भावना म्युजिक सोेलुसनको आधिकारिक युटुव च्यानल माफर्त सार्बजनिक गरिएको हो।

यस म्युजिक भिडियोमा पछिल्लो समयका बहुचर्चित मोडल बिमल अधिकारी र दियानी ओलीको दम्दार अभिनय देख्न सकिन्छ ।

दशै तिहार गित “आउदैन ए प्यारा” प्रदेशमा बस्ने दाजुभाइहरुको व्याथा लाई समेटर बनाएको हो ।

गायक डम्मर बिश्वकर्माको शब्द तथा अमित बाबु राेकायाकाे लयमा रहेको गितको सम्पादन भने नबिन घर्तिमगरले गरेका हुन।

उक्त म्युजिक भिडीयो बिमल अधिकारीको निर्देशनमा तयार गरिएको हो ।

प्रवासमा रहदा पनि नेपाली गित संगित क्षेत्रमा आफुलाई गहिरो छाप पार्न सफल भएका बिश्वकर्मा सामाजिक अभियन्ता पनि हुन।

सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका महासचिव समेत रहेका बिश्वकर्मा यस्ता मन छुने एक दर्जन बढी गितमा स्वर र शब्द दिसकेका छन।

थप प्रगति गर्दै जानु होला हाम्रो तर्फबाट धेरै धेरै शुभकामना ।

हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *