खुसिको खबर! राजदुतावास मलेसियाले गर्यो घरफिर्ती केन्द्रमा अलपत्र २३ नेपालीको उद्वार

खुसिको खबर! राजदुतावास मलेसियाले गर्यो घरफिर्ती केन्द्रमा अलपत्र २३ नेपालीको उद्वार

नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाले मलेसियामा रहेका विभिन्न डिटेन्सन क्याम्प (घर फिर्तिकेन्द्र) बाट उद्वारगरि २३ जना नेपाली कामदारलाइ स्वदेश फर्काइएको छ।

विभिन्न कारणले जेल परेका मध्ये कसुर पूरा गरी डिटिन्सन क्याम्प (घर फिर्ति केन्द्र) मा आर्थिक अभावले नेपाल फर्कन हवाई टिकट जुटाउन नसकी बसेका २३ जनालाई नेपाली कामदार लाई दूतावासको सहयोगमा नेपाल पठाइएको हो ।

नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाले मार्च १३ तारीख बुधबार फिर्ता हुने कामदारको नाम ठेगाना कैदी नम्बर कुन क्याम्प बाट फिर्ता भएका र फ्लाइट डिटेल्स खुलाइ प्रेस बक्तब्य जारी गरेको थियो ।

उद्वार भै स्वदेश फर्कने हरु मा बर्दिया का रामचन्द्र अहिर , नुवाकोटका दल बहादुर गुरुङ ,झापाका संतोष कुमार राजबम्सी,स्याङ्जा का जगत बहादुर खाड ,चितवन का सुजमनी महतो,झापाका इन्द्र प्रसाद न्यौपाने,ओखलढुंगा का उमेस मगर,झापाका राजु थापा,सिन्दुलिका मणिराज श्रेष्ठ,सुनसरी का साजन राई,सप्तरी का पिताम्बर कुमार कार्की ,सिराहा का चन्दन मुखिया,सल्यान का राजकुमार नेपाली,दोलखा का तेजबहादुर थामी ,नुवाकोट का रामबहादुर तामाङ ,झापा का मोहन खड्का,सुनसरी का दिनेश बहादुर घिसिङ , सर्लाही का साकेन्द्र कुर्मी ,तेह्रथुम का सुबास ढकाल,रुकुम का चन्द्र प्रसाद जैसी , गुल्मि का बाबुराम नेपाली ,नुवाकोट का रुजन तामाङ र मोरङ का बय महतो रहेका छन।

घरफिर्ती केन्द्र (डिटेन्सन क्याम्प) मा आर्थिक अभाब का कारणले कुनैपनी पीडित काम्दार क्याम्पमा बसिरहन नपरोस लामो समय डिटेन्सन क्याम मा बस्दा मानसिक चिन्ता हुने भन्दै राजदुतावास मलेसियाले विभिन्न समयमा कामदार लाइ फिर्ता गराउने गर्दै आएको छ।मलेसिया खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *