प्रवासी नेपाली समन्वय समिती (pncc)मलेसिया द्वारा मलेसियाका बिभिन्न राज्यहरुमा हेल्प डेस्क सन्चालन गर्दै

प्रवासी नेपाली समन्वय समिती (pncc)मलेसिया द्वारा मलेसियाका बिभिन्न राज्यहरुमा हेल्प डेस्क सन्चालन गर्दै

मलेसिया।प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) मलेसियाले मलेसियाका दुई राज्यहरुमा हेल्प डेस्क सन्चालन गर्ने भएको छ ।

मलेसियाको जोहोर राज्य र मल्लका राज्यमा हेल्प डेस्क सञ्चालन गर्ने समाजले एक सुचना जारी गरेको छ ।

मलेसियामा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरि विभिन्न विषयमा सहयोग गर्ने उदेश्यले हेल्प डेस्क सञ्चालन गर्न लागेको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना अर्थात( covid-19) महामारीको समयमा नेपाली श्रमिक हरुमा हुने गरेका विभिन्न समस्याहरुलाई मध्यनजर गरेर परामर्श तथा सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको समितिले जनाएको छ ।

मलेसियामा भोग्नु परेको विभिन्न कानुनी जटिलता, घर फिर्ति सम्बन्धि अन्यौलता र श्रमिकहरुले भोगेका समस्यालाई नेपाली राजदुतावास सम्म पुर्याइ सहयोग तथा सहजीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको र उक्त कार्यक्रममा आफ्ना समस्या र गुनासाहरु दर्ता गराउन सकिने pncc ले एक सुचना मार्फत आग्रह गरेको छ।

उक्त कार्यक्रम यहि सेप्टेम्बर २० तारिख बिहान १० बजे देखि सांझ ५ बजेसम्म सञ्चालन हुनेछ । दुबै राज्यहरुमा एउटै मितिमा कार्यक्रम गरिने भएको छ । कार्यक्रम “ओसियन मल जलान तुन एममाट काम्पुङ मोर्टेन मलक्कामा(Ocean Mall Jalan Tun Mmat Kampung Mortenmelaka)हुनेछ भने  यसै समय र मितिमा जोहोरबारु राज्यको सेनाइ जोहोर स्थित ३९, जलान साईबर १६, (39,Jalan syber 16, senai johor)मा पनि हेल्प डेस्क कार्यक्रम सञ्चालन हुने छ  । जोहोरबारु मा भने यो दोस्रो पटक आयोजना गरिएको हो ।

यसै अघि  पेनाङमा पनि  कार्यक्रम सम्पन्न  भैसकेको छ ।

नोट:निम्न नम्बरहरुमा सम्पर्क गर्न सकिने छ ।
मलक्का राज्यको लागि
-ईश्वर राई
सम्पर्क: 01159003700
जोहोर राज्यको लागि
-चक्र मल्ल (ठकुरि )
सम्पर्क: 01155558840

Leave a Reply

Your email address will not be published. Required fields are marked *