अब प्रचण्ड विरुद्ध विप्लवले मात्रै होइन, हामी सबैले आवाज निकाल्नै पर्छ” – लामिछाने

अब प्रचण्ड विरुद्ध विप्लवले मात्रै होइन, हामी सबैले आवाज निकाल्नै पर्छ” –  लामिछाने

रवि लामिछाने

नेकपाका अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले एउटा खुलासा गर्नुभयो कि उहाँका पूर्व सहकर्मी नेत्रविक्रम चन्द (विपलव)ले सबै भन्दा पहिला उहाँलाई नै मार्ने भनेर लिष्ट तयार गरेका रहेछन् । आफूलाई पहिलो नम्बरमा मार्नुपर्छ भनेर विप्लव समूहले माइनुट गरेको कुरा सरकार मार्फत थाहा पाएको कुरा आज प्रचण्डले सार्वजनिक गरेका हुन् ।

वाह कामरेड ! जनताका छोरा मरेकोमा पिर परेन तर आफूलाई मार्छु भनेर भन्नासाथ विपलप बल्ल तपाईहरुको नजरमा लुटेरा भए ? जनताको धन र ज्यान असुरक्षित हुँदासम्म मतलब भएन तर आँफैलाई मार्ने भो भनेपछि विपलपमाथि प्रतिबन्ध ?

प्रतिबन्ध गर्ने निर्णय सरकारको हो, त्यसमा मेरो के दोष भन्नु पक्कै हुन्न होला । किनकि सरकार तपाइकै दलको हो र प्रतिबन्धको तपाईले विरोध गर्नु पनि भएको छैन । सम्पूर्ण दर्शकहरुलाई स्मरण गराऔं कि मैले यही उभिएर यसै गरी केही साता अगाडि नेकपा विपलपले एनसेल टावरमा आक्रमण गर्दा एक आम नागरीक मारिएको घटनालाई लिएर त्यसको विरोध, भत्सृना मात्र होइन सजाय समेतको माग गरेको हुँ ।

आम मान्छेलाई दुख पीडा भएको विषयमा हिजो मात्र होइन, आज र भोलि पनि विरोध गर्छौ नै गर्छौ । विप्लपका गलत कृयाकलपाको विरोध र नियन्त्रण जरुर गर्नुपर्छ तर राजनीतिक दल, विचार र सिद्धान्तलाई प्रतिबन्ध लगाउनु गलत हो । देशै टुक्राउँछु भन्ने सीके राउतसँग हात मिलाउने छात्ति भएको सरकारले विप्लपको छात्तिमा चाँही बन्दूक ताक्न मिल्छ ?

विप्लकका केही गतिविधि गलत हुन, त्यसका लागि विप्लपलाई दण्डित गर्न सक्नुपर्छ, निगरानी गर्न सक्नुपर्छ तर विप्लपको राजनीतिक विचारलाई प्रतिबन्ध लगाउँदा त्यसले पार्न सक्ने असरबारे सोच्न जरुरी छ । यो प्रतिबन्धले अन्य नेता मन्त्रीको जीवनमा प्रभाव पार्दैन तर आम मानिसको जीवनलाई त आजै प्रभाव पा¥यो नि ।

तपाईका छोराछोरी विदेश तिर पढ्लान तर आज जनताको छोराछोरीको स्कुल बन्द भयो, पठन पाठनमा प्रभाव प¥यो । तपाईहरु पो ३ लेयरको सेक्युरिटी लिएर हिड्नु हुन्छ, हामी जनतालाई कसले दिन्छ सुरक्षा ? हामी म¥यौ भने हाम्रो लास खरानी हुन्छ, कसैले मतलब राख्दैन तर तपाईका नेता कार्यकता मरे भने त तपाईको लाश पनि पार्थिव शरीर हुन्छ, पार्टीको झण्डा ओडाइन्छ, सायद शहिद नै बनाइन्छ ।

भुमीगत राजनीतिको भयावहरु रुप फेरी हेर्न सक्ने मुटु आम मानिसमा छैन । हिजोका शासकले आजका तपाईहरु माथि प्रतिबन्ध लगाउँदा, गोली ठोक्नु भन्दा, टाउकाको मुल्य तोक्दा हजाराँै मानिस मरे । प्रचण्ड ज्यु, विप्लप देखेर दया लाग्छ नभन्नुस् । सीके राउतलाई वार्तामा ल्याउन सक्नेले विप्लपलाई ल्याउन नसक्ने भन्ने हुँदैन ।
तुलनात्मक रुपमा तपाईलाई मार्छु भन्ने भन्दा देश नै टुक्राउँछु भन्ने चाँही घातक हो । देशका अगाडि तपाई म जस्ता व्तक्ति केही–केही पनि होइनौ ।विप्लपलाई प्रचण्डले भनेका छन्, यो २०५२ साल होइन, यो २०७५ साल हो । राजतन्त्र छैन, मधेशी, दलित, जनजाति, लगायतको प्रतिनिधित्व भएको छ ।
आफ्नै साथीहरुको सरकार छ । प्रचण्ड ज्यु, ७५ सालमा पनि एउटा राजा गए तर गाँउ गाँउमा छोटे राजाहर जन्मिए । अनि मधेशी, दलित, जनजातिको प्रतिनिधित्व कहाँ अनि कति भएको छ । तपाई पटक–पटक प्रधानमन्त्री बन्नु भो, शायद फेरी बन्दै हुनु हुन्छ ।

तपाईकी छोरी मेयर भइन, आफ्नै छोरी । यो ५२ साल होइन कमरेड प्रचण्ड २०७५ साल हो । तपाईकी बुहारी मन्त्री छिन्, आफ्नै बुहारी । तपाई आफ्नी श्रीमतीको उपचार अमेरिका लगेर गर्दे हुनुहुन्छ ।

यो ५२ साल होइन, राजा छैनन् । तपाईहरुको जीवनमा आएको परिर्वतनले राजा छैनन भनेर कसरी पत्याउने । मधेशी, जनतजाति, दलित, विकट कर्णालीका जनता हिजोका राजाका पालामा पनि यस्तै पीडा भोग्थे आजका राजाका पालामा पनि ठ्याक्कै उस्तै दुरुस्तै समस्या खेपिरहेका छन् ।
तपाई र तपाइहरुका लागि यो ५२ साल होइन किनकी तपाईसँगै देश बदल्न हिडेकाहरु सबको जीवन बदलिसक्यो । तपाइको नातागोताको त हिसाब गरेकै छैन । आँफु भैसकेको र फेरी हुनेवाला प्रधानमन्त्री, छोरी मेयर, बुहारी मन्त्री अरु नातागोताका ग्यास–स्यास के–के विजनेश, बिरामी पर्दा विदेशी अस्पतालमा उपचार । तपाईलाई त यो ५२ साल लाग्दै लाग्दैन नि ।

सैद्धान्तिक रुपमा तपाईहरुको मात्र प्रगति भएको तर जनताको जीवन ५२ साल तिरकै जस्तो भएको कारणले प्रवृतिगत राजाहरु फाल्ने विप्लपहरुको सिद्धान्तमा बन्देज लाग्नु हुँदैन । तर हिंसाको बाटो रोजेर जनतालाई मार्ने धम्क्याउने, लुट्ने काम गर्न पाइन्न, हो त्यसको विरोध चाँही गर्छौ नै गर्छाँै ।
मार्ने लिष्टको १ नम्बरमा प्रचण्डको नाम हटाएर मेरै राखेपनि गलतलाई त गलत नै भन्छु । एउटा राजा फालेर, जन्मिएका कयाँै छोटे राजाहरु विरुद्धको आवाज चाँही विप्लपले मात्र होइन सबैले निकाल्नै पर्छ ।

यो विप्लप प्रवृत्तिको समर्थन कुनै एङ्गलबाट होइन । बरु प्रचण्ड प्रवृत्तिको विरोध चाँही हरेक एगंलबाट हो । व्यक्तिको होइन प्रवृत्तिको ।Birght Nepal बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *