तस्विर भाईरल हुनुका थुप्रै कारण यस्ता छन (पढ्नुहोस्)

तस्विर भाईरल हुनुका थुप्रै कारण यस्ता छन (पढ्नुहोस्)

समीर मल्ल बझाङ । खप्तडछान्ना गाँउपालिकाका अध्यक्ष वर्क रोकायाको टेवुल माथी चढेर सलामी खादै गरेको तस्वीर सामाजिक संजालमा भाईरल भएको छ ।

यो तस्विर अहिलेको नभएर करिब ७ महिना अघिको हो । रोकाया मात्र होईनन् नेपालका यस्तै थुप्रै स्थानीय तह प्रमुख तथा जनप्रतिनिधि यस्तै शैलीबाट बद्नामित बनेका छन् ।

यो तस्विर भाईरल हुनुका थुप्रै कारण छन् ।

बझाङका अहिले सम्म कुनै पनि स्थानिय तहका प्रमुखले यसरी राजाशैलीमा सलामी नखानु, अध्यक्षलाई सल्लाहकार दिने कार्यकर्ता गतिलो नहुनु र सामाजिक स‌जालमा भाईरल भएका अरुको तस्विरको देखासिकी गर्नु लगायतका विषयले पनि यो तस्विर भाईरल भएको हो ।

हामीले भाईरल भएको तस्विरका विषयमा कार्यक्रम आयोजना भएको विद्यालयका प्रधानाध्यापक तुलसी प्रसाद जोशीसंग सम्पर्क गरि प्राप्त जानकारी अनुसार गएको फागुन ६ गते देखि ११ सम्म खप्तडछान्ना गाँउपालिकाको महेश्वरी मावि गडरायमा गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको आयोजित
कार्यक्रमको उद्घाटन शत्रमा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बर्क रोकाया रहनुभएको थियो ।

उद्घाटन समारोहमा विद्यार्थीहरुले मार्चपास गरे र अध्यक्षलाई मार्चपासका बेला स-सम्मान पूर्व एउटा टेवुल माथि चढेर सलामी खान लगाइयो हो । अध्यक्षले आफैले नभएर उपस्थिति भएकाहरुबाट प्रायः सबै तहका बिभिन्न ब्यक्तित्वहरुले सलामी दिएका तस्बिरहरु दैनिक रुपमा आएकोले कुनै फरक नहुने र सबैको सल्लाहमा सलामी खाएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *