Rip.लेखेर श्रद्धान्जली दिनुहोस! छुटिमा घर आउने तयारीमा रहेका पृथ्वीको कतारमा मृत्यु

Rip.लेखेर श्रद्धान्जली दिनुहोस! छुटिमा घर आउने तयारीमा रहेका पृथ्वीको कतारमा मृत्यु

फाल्गुन ३०, कतार । रोल्पा नगरपालिका २ रेउघाका पृथ्बी बुढा मगरको गाडी दुर्घटनामा निधन भएको छ । कतार रोजगारीमा रहेका बुढामगर हिजो बुधबार साँझ आफैले चलाईरहेको गाडी दुर्घटना भएको थियो ।

गाडीमा दुइजना सवार थिए । उनि संगै रहेका सिराहाका शिव शाहाको बाँया खुट्टा भाँचिएको छ । उनको उपचार भैरहेको अध्यक्ष खड्काले बताउनु भयो । दुर्घटना भएलगतै घाइते शाहालाइ हस्पिटल लगिएको थियो ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका बरिष्ट आर्थिक सल्लाहकार समेत रहेका बुढाले आफै गाडी चलाई रहेको अबस्थामा अर्को गाडीले ठक्कर दिंदा गम्भीर दुर्घटनाभइ घटना स्थलमै उनको मृत्यु भएको अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कतारका अध्यक्ष केसब राज खड्काले बताउनु भयो ।

रोल्पाका पृथ्बी बुढा मगर बिगत ४ बर्ष देखि कतारको एसएमएस कम्पनिमा ड्राइभरको काम गर्दै आएका थिए । उनको परिवारमा एक श्रीमती र ३ छोरीहरु रहेका छन् । पारिवारिक स्थिति निकै नाजुक रहेको समाजका अध्यक्ष खड्काले बताउनु भयो । पोष्टपाटि

Leave a Reply

Your email address will not be published. Required fields are marked *