हेल्प अछाम’द्वारा बाढीका कारण ज्यान गुमाएका परिवारहरुलाई आर्थिक सहयोग

हेल्प अछाम'द्वारा बाढीका कारण ज्यान गुमाएका परिवारहरुलाई आर्थिक सहयोग

अछाम। परोपकारी संस्था हेल्प अछामले रामारोशन गाउँपालिका वडा नं.५ सैनीवजार स्थित कैलाश खोलामा आएको वाढीका कारण ज्यान गुमाएका परिवारहरुलाई नेपाली रु पचास हजार आर्थिक सहयोग गरेको छ ।

विशुद्ध समाजिक क्षेत्रमा हुने बिभिन्न परोपकारी कार्यको लागि स्थापना गरिएको हेल्प अछामले अबिरल बर्षाका कारण आएको बाढीले ज्यान गुमाएका आठ घरपरिवारलाई शुक्रबार घटना स्थलमै पुगेर ५० हजार आर्थिक सहयोग गरेको छ।

रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वति रावल, वडा नं ५ अध्यक्ष लक्ष्मण परियार लगायत स्थानीय हरुको रोहबरमा उक्त रकम पिडित हरुलाई बितरण गरेको हेल्प अछामका अध्यक्ष हिमाल कुँवर उदासीले बताए ।

ज्यान गुमाएका पीडित परिवारलाई थोरै भएपनि राहत पुगोस भन्ने उद्देश्यले सहयोग गरेको संस्थाका सचिव भुपेन्द्र भण्डारीले बताए ।
आगामी दिनमा पनि यस्तै रचनात्मक सहयोग गर्दै जाने संस्थाका अध्यक्ष कुँवरले बताए ।

बर्तमान परिस्थितीमा पनि विपत्तिको घडीमा घट्ना स्थलमा आएर यो सहयोग गरेकोमा गाउँपालिकाका उपाध्यक्ष सरस्वति रावलले हेल्प अछामलाई धन्यवाद समेत दिनुभएको छ । उहाँले सहयोगी मनलाई क्षमता अनुसार सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

हेल्प अछामले विभिन्न समयमा परोपकारी र सामाजिक कार्य गर्दै आईरहेको छ । यस अघि पनि कोरोना भाईरसका कारण जिल्ला भित्रिने र बाहिरिने यात्रु र डिउटिमा खटिएका नेपाल प्रहरी तथा शसस्त्र प्रहरीलाई मास्क, फलफूल (प्याकिङ) र पानी वितरण गरेको थियो ।

यस कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पुर्णलाई हेल्प अछामले हार्दिक धन्यवाद ज्ञापन समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *