चर्चित संगितकार संतोष राजको ‘तेरी गुपचुप जवानी’ भिडियो सहित सार्वजनिक

चर्चित संगितकार संतोष राजको 'तेरी गुपचुप जवानी' भिडियो सहित  सार्वजनिक

कृष्ण गुप्ता
काठमाडौ।भोजपुरीको चर्चित गायक राकेश मिश्र र सेलिना कुँवरको आवाजमा तेरी गुपचुप जवानी नामक गीत रिलिज भएको छ ।

यसअघि विभिन्न गीती एल्बमहरुमा आफ्नो आवाज सजाएकी गायिका सेलिना कुँवर र गायक राकेश मिश्रको यो गीतले दर्शक झुमाउने भएको छ ।

चर्चित एसआरके प्रोडक्सनमा सो गीत आईतबार रिलिज गरिएको हो । ओँकार नाथ मिश्राको लेखन रहेको सो गीतमा गायक सँतोष राज सहनीले सँगीत भरेका हुन् ।

भिडियो भर्सनमा गायक मिश्रले आफैँ अभिनय पनि गरेको एसराज प्रोडक्सनका सँचालक एवम् सँगीतकार सँतोषराज सहनीले बताए ।

सो गीतको लागि अर्जुन पौडेलको पनि सहयोग गरेको जनाइएको छ । वर्तमान परिवेशलाई मध्यनजर गर्दै गोरी रे गोरी तोहर गुपचुप जवानी बोलको गीत बजारमा ल्याएको हो ।

यसअघि पनि नेपाली भोजपुरी मैथिली दर्जनौ गीत एल्बममा गायक सँतोषराजले सँगीत भरेका छन् भने गायिका सेलिना कुँवरले आफ्नो आवाज दिएकी हुन् ।
पूरा भिडियो हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *