पोखराका युवा बन्द विरुद्ध सडकमा उत्रिए ,बन्दको विकल्प खोजौं भन्दै’ प्रदर्शन

पोखराका युवा बन्द विरुद्ध सडकमा उत्रिए ,बन्दको विकल्प खोजौं भन्दै’ प्रदर्शन

काठमाडौं – आज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले आह्वान गरेको नेपाल बन्दको देशभर प्रभाब परेको छ ।सरकारबाट भइरहेको धरपकड बन्द गरी पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहले आज नेपाल बन्दको आव्हान गरेको हो ।नेपाल बन्दको प्रभाब पोखरामा पनि परेको छ ।

पोखरामा विप्लवले आह्वान गरेको बन्दको विरुद्ध युवाहरु प्रदर्शनमा उत्रिएका छन् । युवाहरुले ‘बन्दले देश बन्दैन, बन्दको विकल्प खोजौं भन्दै’ प्रदर्शन गरेका छन् ।विवेकशील साझा पाटीमा आवद्ध युवाहरुको नेतृत्वमा स्थानिय युवाहरुले पोखराको पृथ्वीचोकमा ‘बन्दले देश बन्दैन’ बन्दको विकल्प खोजौँ’, ‘नेपाल खुला छ’ लगायतका प्लेकार्ड सहित राष्ट्रिय झण्डा लिएर प्रर्दशन गरेका छन् ।देश विकास र समृद्धिको बाधक बन्द हड्तालको विकल्प राजनीतिक पार्टीहरुले खोज्नु पर्ने विवेकशील साझा पाटी कास्की जिल्ला सदस्य सुरेश पहारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *