पहिलो लिष्टमा परेका मन्त्री । को-को हटदैछन् मन्त्रीबाट ?

पहिलो लिष्टमा परेका मन्त्री । को-को हटदैछन् मन्त्रीबाट ?

काठमाडौं, २९ फागुन । कार्यसम्पादन सन्तोषजनक नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री हेरफेर गर्ने तयारी थालेका छन् ।

प्रधानमन्त्री कार्यालयको नतिजा व्यवस्थापन महाशाखाले अनलाइनमार्फत गरेको अनुगमनमा आधाभन्दा बढी मन्त्री कार्यसम्पादन मूल्यांकनमा कमजोर देखिएपछि प्रधानमन्त्री ओलीले मन्त्री फेर्ने तयारी थालेका हुन् ।

त्यसका लागि प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग पनि छलफल गरिसकेका छन् । प्रचण्डले प्रधानमन्त्रीलाई स्वविवेक प्रयोग गर्न सुझाव दिएका छन् ।

मन्त्रिपरिषद्का आधाभन्दा बढी सदस्य एक वर्षमा गरिसक्ने भनेको काम सक्न असफल देखिएका छन्।

साउनपछिको कार्यसम्पादन मूल्यांकनका लागि प्रधानमन्त्री कार्यालयको नतिजा व्यवस्थापन महाशाखामार्फत गरिएको अनलाइन अनुगमनमा अधिकांश मन्त्री असफल भएका थिए ।

साउनदेखि माघसम्मको मूल्यांकनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सबैभन्दा कमजोर देखिएका छन् । यसैगरी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको प्रगति विवरण पनि कमजोर छ ।

भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, खानेपानीमन्त्री बिना मगर, उद्योगमन्त्री मात्रिका यादव र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पनि योजनाअनुसार काम गर्न नसकेको अनुगमनले देखाएको छ ।

गृहमन्त्री रामबहादुर थापा र ऊर्जामन्त्री वर्षमान पुन औसतमा देखिनुभएको छ । उक्त प्रगति विवरणअनुसार उद्योग मन्त्रालयको कार्यप्रगति १३ प्रतिशत छ । खानेपानी मन्त्रालयले विकास खर्च १० प्रतिशत पनि कटाउन सकेको छैन । गण्डकी टाइम बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *